मुम्बई (अमर उजाला) । बलिउडमा अर्को ठूलो शोक परेको छ ।

यसले कलाकारिता क्षेत्र स्तब्ध बनेको छ । बलिउडका लोकप्रिय गीतकार इब्राहिम अश्कको ७० वर्षको उमेरमा कोरोना संक्रमणका कारण निधन भएको छ ।

उनको मुम्बईको सटेमीरा रोडस्थित मेडीकेटक मल्टीस्पेशियालिट अस्पतालमा निधन भएको हो । उनले फिल्म ‘कहो ना प्यार हे’को शीर्ष गीतलगायत धेरै फिल्ममा गीत लेखेका थिए । उनका गीतहरु अहिलेपनि चर्चाको शिखरमा छन् ।

इब्राहिमलाई शनिबार एक्कासी ज्वरो आएपछि उनले रगत बमिट गरेका थिए । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी मुटुको रोगी पनि थिए । जसकारण उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

उनको जन्म मध्यप्रदेशको मन्दसौर जिल्लामा भएको थियो । उनले बलिउडमा ‘कोई मिल गया’, ‘कृष’, ‘वेलकम’, ‘जानशीन’, ‘ब्ल्याक एण्ड ह्वाइट’, ‘आप मुझे अच्छे लगने लगे’ जस्ता फिल्ममा गीत लेखेका थिए । उनले आफ्नो करियरको सुरुवात पत्रकारको रुपमा गरेका थिए ।

 

सम्बन्धित खबरहरु