काठमाडौं । करिब डेढ महिनाअघि भैरहवामा माइक्रोबस दुर्घटनामा परी गम्भीर घाइते भएका क्रिकेटर शक्ति गौचनका बाबुको निधन भएको छ ।
शक्तिका बाबु खड्गप्रसाद गौचनको ७५ वर्षको उमेरमा निधन भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका गौचनको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको हो ।
उनको मस्तिस्कमा गहिरो चोट लागेपछि डेढ महिनादेखि कोमामा रहेका थिए । गौचनको बुधबार बिहान निधन भएको हो ।
शक्ति नामिबियामा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा सहभागी भएर सोमबारमात्रै फर्किएका शक्ति तत्काल अस्पताल पुगेका थिए । गौचनको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।