काठमाडौ । निरन्तर घट्ने बढ्ने भइरहेको सुनको मूल्य आज बढेको छ । आज सूनको मूल्य तोलामा १०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज (सोमबार) छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ५५ रुपैयाँ कायम भएको छ ।

यसअघिपनि सूनको मुल्य निरन्तर उकालो लागिरहेको बेला हप्ताको पहिलो दिन आइतबार भने घटेको थियो ।

४ दिन अघि शुक्रबार सुनको मूल्य बिहीबारको तुलनामा दुई सयले बढेर प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। यो बेला सुनको मूल्य निरन्तर बढेको थियो ।

तीन दिन अघि शनिबार सार्वजनिक विदा भयो । हिजो आइतबार सुनको मूल्यमा गिरावट आएर ९२ हजार ४ सयमा बिक्रि भयो । शुक्रबारको तुलनामा आइतबार ३ सयले घट्यो ।

सोमबार फेरी एक सयले बढ्यो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस १८ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

सम्बन्धित खबरहरु