काठमाडौं । अहिलेको समयमा मानिसहरू चर्चित हुनको लागि सबै हद पार गरिरहेका छन् ।

यसको पछिल्लो उदाहरण अमेरिकामा देखिएको छ, जहाँ एक महिलाले रेसिङ इभेन्टमा आफ्नो टप फुकालेर नाङ्गो भएकी हुन् । अचम्मको कुरा, क्यामेरा छेउमा हुँदा उनले यस्तो कार्य गरेकी थिइन् ।

पछि कसैले टिकटकमा यसको भिडियो पनि पोस्ट गर्यो । उनको उक्त हर्कतबाट सबैजना छक्क परेका थिए । ८ जनवरीमा, अनाहेम १ सुपरक्रस कार्यक्रम अमेरिकाको एन्जल रंगशालामा भएको थियो ।

जसमा ठूलो संख्यामा दर्शकहरूको उपस्थिति रहेको थियो । त्यहाँ एउटी महिला गिलासमा मादक पदार्थ लिएर बसिरहेकी थिइन् । केही समयपछि उनले दाँतले गिलास समातिन्, त्यसपछि उनले टप माथिबाट निकालेर क्यामेरालाई आफ्नो गोप्य अंगहरु शो गर्न थालिन् ।

रंगशालामा अचानक भएको यो घटना देखेर सबै मानिस छक्क परेका छन् । रोचक कुरा धेरैले समर्थन पनि गरिरहेका छन् । घटनाको केही समयपछि अर्की एक महिला उनीकहाँ गएर रोक्न खोजिन् ।

वरपर बालबालिका छन्, त्यसैले यस्तो कार्य गर्नुहुँदैन भनेर उनले चिच्याएको सुन्न सकिन्छ । त्यसपछि लुगा फुकाल्ने महिला अति रिसाईन् । त्यसैबेला त्यहाँ धेरै अराजक तत्वहरू आए, जसले महिलालाई रोक्नको सट्टा उनका थप लुगा फुकाल्न भन्न थाले ।

महिलामाथि मादक पदार्थ फ्याँकिएको भिडियो पनि बाहिर आएको छ । महिलाको विरोधमा ठूलो संख्यामा पुरुष उभिए । यससँगै महिलाको पक्षमा वकालत गर्न थाले । त्यसपछि उनले सीमा नाघ्दै उनीमाथि मादक पदार्थ फ्याँकिन् । जसकारण महिला पनि आक्रोशित भइन् र उनीहरुसँग झगडा भयो । त्यसपछि सुरक्षाकर्मीले केही हदसम्म स्थिति नियन्त्रणमा लिएका थिए ।

भिडियो ट्वीटरमा भाइरल भएसँगै यसबारे प्रहरी प्रवक्ताले दुई पक्षबीच झगडा भएको र त्यसमा कारबाही गरिएको बताए । तर रंगशालामा कुनै महिला पक्राउ परेको उनलाई जानकारी छैन् । त्यहाँ भएका धेरै व्यक्तिहरुले उत्त भिडियो कैद गरेका थिए ।

उनीहरुले ट्वीटरमा घटनाको भिडियो सेयर पनि गरेका छन् । ट्विटर प्रयोगकर्ताहरू दुई गुटमा विभाजित भएका छन् । कतिपयले महिलालाई समर्थन गरेका छन् भने केहीले विरोध गरेका छन् । मानिसहरूले थरीथरीका टिप्पणी गरेका छन् । एक प्रयोगकर्ताले ‘अमेरिकामा त्यस्ता धेरै ठाउँहरू छन्, जहाँ केटीहरूले आफ्नो गोप्य अंग देखाउन सक्छन् ।

त्यसपछि उनीहरुलाई पैसा कमाउने मौका पनि मिल्छ । महिला आफैले लुगा फुकाल्दा कसैलाई के समस्या ?’ भनेर लेखेका छन् ।

यसबाहेक अर्को एक प्रयोगकर्ताले ‘रंगशालामा बालबालिका पनि थिए, त्यसैले महिलाले यस्तो काम गर्नु हुँदैन्थ्यो । उनलाई प्रहरीले कडा कारबाही गर्नुपर्छ ।’ भनेका छन् । यसमा तपाईलेपनि प्रतिक्रियामा सहभागीता जनाउँन सक्नुहुनेछ ।

सम्बन्धित खबरहरु