काठमाडौं । गत वर्ष शिर्ष सैन्य अधिकारीको ज्यान जाने गरी भएको विमान दुर्घटनामा नयाँ खुलासा भएको छ ।

भारतीय वायुसेनाका अनुसार त्रि–सेवा अदालतले ८ डिसेम्बर २०२१ मा भएको हेलिकप्टर दुर्घटनाको बारेमा आफ्नो प्रारम्भिक निष्कर्ष रिपोर्ट पेश गरेको छ ।

उक्त दुर्घटनामा भारतीय सैन्य बलका पूर्व प्रमुख बिपिन रावतसहित अन्य १३ जनाको मृत्यु भएको थियो । प्रतिवेदनका अनुसार ८ डिसेम्बरमा मौसममा अप्रत्याशित आएको परिवर्तनका कारण बादल भित्रिएर उक्त हेलिकप्टर दुर्घटना भएको हो ।

बादलमा अड्किएको कारण, पाइलट अचानक विचलित भएका थिए । अनुसन्धान टोलीले हेलिकप्टर दुर्घटनाको कारण यान्त्रिक गडबडी, तोडफोड वा लापरवाही भएको कुरालाई खारेज गरेको छ ।

अनुसन्धान टोलीले दुर्घटनाको सम्भावित कारण पत्ता लगाउन उपलब्ध सबै प्रत्यक्षदर्शीसँग सोधपुछ गर्नुका साथै उडान डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण गरेको थियो ।

अदालतले दुर्घटनाको कारण कुनै यान्त्रिक गडबडी, तोडफोड वा लापरवाही भएको भन्ने कुरालाई खारेज गरेको हो । मौसममा अप्रत्याशित परिवर्तनका कारण बादल प्रवेश गरेकाले विमान दुर्घटना भएको प्रारम्भिक प्रतिवेदनले जनाएको छ ।

बादलका कारण पाइलट आफ्नो निर्धारित मार्गबाट ​​विचलित भएका थिए । आफ्नो निष्कर्षका आधारमा अदालतले केही सिफारिस गरेको छ जसको समीक्षा भइरहेको छ ।

सम्बन्धित खबरहरु