काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।

प्रधानमन्त्री देउवाले दुई–तीन दिनमा राष्ट्रको नाममा सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री नियुक्ति हुनुभएपछि पहिलो पटक देउवाले राष्ट्रको नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।

तर सम्बोधनको मिति र समय भने तय भइनसकेको स्वकीय सचिव देउवाले बताउनुभयो ।

सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लाग्नुभएको स्वकीय सचिव देउवाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रका नाममा सम्बोधन गर्ने प्रचलन रहिआएको छ । गत असार २९ गते देउवा प्रधानमन्त्री नियुक्ति हुनुभएको हो ।

आज नै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनका साथै आगामी स्थानीय तहको निर्वाचनका सम्बन्धनमा छलफल भएको हो ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको छलफलमा भोलि मंगलबार पाँच दलीय गठबन्धन समन्वय समिति बैठक बोलाउने सहमति पनि भएको छ ।

सम्बन्धित खबरहरु