काठमाडौं । गत २४ घण्टामा नेपालभर थप ६७३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार १४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, तीन हजार ४५१ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.१ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५४७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६२३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, देशभर हालसम्म ३० हजार ८७७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक लाख ४३ हजार ३६० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सम्बन्धित खबरहरु