काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीमा भएका दुई छुट्टाछुट्टै विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
अबु धाबी प्रहरीले युएईको आधिकारिक समाचार एजेन्सी डब्ल्यूएएमलाई तेल ट्याङ्कर विस्फोटमा छ जना घाइते भएको र केहीलाई सामान्य चोट लागेको बताएको छ । मारिनेमा दुई भारतीय र एक पाकिस्तानी नागरिक रहेको बताएको छ ।
यमनका हुथी विद्रोहीले सोमबार अबु धाबी विमानस्थल नजिकै भएका दुईवटा बम विस्फोटको जिम्मेवारी लिएका छन् । अबु धाबी प्रहरीले तीन तेल ट्याङ्करहरू मुसाफाह क्षेत्रमा तेल भण्डारण सुविधा नजिकै विस्फोट भएको जानकारी दिएको छ ।
अर्को विस्फोट अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको निर्माण स्थल आसपास भएको थियो । प्रहरीले ड्रोनबाट आक्रमण भएको आशंका व्यक्त गरेको छ । मृतक÷घाइतेहरूको पहिचान खुलेको छैन् ।
भारतीय दूतावासले मारिएकाहरुको बारेमा थप जानकारीका लागि युएईका अधिकारीहरूसँग सम्पर्कमा रहेको जनाएको छ ।
UAE authorities have informed that the explosion at Mussafah, near ADNOC’s storage tanks, has led to 3 casualties, which includes 2 Indian nationals. The Mission @IndembAbuDhabi is in close touch with concerned UAE authorities for further details.
— India in UAE (@IndembAbuDhabi) January 17, 2022