काठमाडौं । अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । अफगानिस्तानको बाघिसका स्थानीय अधिकारीहरूले प्रान्तको कादिस जिल्लामा गएको भूकम्पमा परी १२ जनाको मृत्यु भएको बताएका छन् ।

कादिस जिल्लाका गभर्नर मुल्लाह मोहम्मद सालेह परदेलले मृतकमा महिला र बालबालिका समेत रहेको जानकारी दिएका हुन् ।

पश्चिमी अफगानिस्तानमा सोमबार ५.६ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र ३० किलोमिटर गहिराइमा थियो । क्षतिको आधिकारिक विवरण आइसकेको छैन ।

आधिकारिक नाम इस्लामिक गणतन्त्र अफगानिस्तान दक्षिण एसियामा अवस्थित भूपरिवेष्टित राष्ट्र हो ।

यो पूर्व र दक्षिणमा पाकिस्तान, पश्चिममा इरान, उत्तरमा तुर्कमेनिस्तान, उज्वेकिस्तान र ताजिकिस्तान तथा उत्तरपूर्वमा चीनले घेरिएको छ ।

यसको क्षेत्रफल ६५२,८६४ वर्गकिलोमिटर रहेको छ । अफगानिस्तान सन् २००७ अप्रिलबाट दक्षिण एसियाली सहयोग सङ्गठनको आठौँ सदस्य राष्ट्र बनेको थियो ।

सम्बन्धित खबरहरु