एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा दुई शक्तिशाली ब्लाष्ट गराइएको छ ।

ठूलो संख्यामा नेपाली रहेको अबुधावी क्षेत्रमा भएको दुई अलग अलग ब्लाष्टमा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते छन् ।

यूएईको सरकारी न्युज एजेन्सी डब्ल्यूएएमलाई अबुधाबी प्रहरीले बताए अनुसार ट्यांकरमा भएको ब्लाष्टमा ६ जना घाइते भएका हुन् । मृत्यु हुनेमा दुई भारतीय र एक पाकिस्तानी छन् ।

सोमबार अबुधानी विमानस्थल नजिक ब्लाष्टका दुई घटना भएका थिए जसको जिम्मेवारी यमनको हुती विद्रोहीले लिएका छन् ।

हुती विद्रोहीले ड्रोनको माध्यमबाट घटना गराएको प्रहरीले आशंका गरेको छ । ब्लाष्टमा नेपाली नागरिकको हताहतीबारे अहिलेसम्म कुनै जानकारी आएको छैन । ठूलो संख्याका नेपालीहरु वैदेशिक रोजगारीको शिलशिलामा युएईको अबुधावी क्षेत्रमा छन् ।

सम्बन्धित खबरहरु