महोत्तरी । मोटरसाइकल सवार युवाका झोला हेर्दा ड्युटीमा खटिएका शसस्त्र प्रहरी नै झस्किएका छन् ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित सीमा ईलाकामा माघ २ गते सशस्त्र प्रहरीले मोटरसाइकलमा सवार युवाको झोला जाँच गर्दा झस्किनै पर्ने बस्तु फेला पारेको हो ।

उनीहरुसँग नक्कली नोट बनाउन प्रयोग हुने ३३ बण्डल कागज र नक्कली नोट थिए । यसले नेपालमा नक्कली नोटको बिगबिगी छ भन्ने देखिन्छ । प्रहरीले नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका १ बस्ने २३ वर्षिय असरक महोमद धोबी र सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ६ बस्ने २६ वर्षिय मोहमद मुजाहिद रेजा छन् ।

बा २१ च ६७६१ नम्बरको कारमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा एक हजारको ६ सय वटा, पाँच सयको १८ सय वटा र एक सयको ९ सय वटा कागज फेला पारिएको हो ।

त्यसवेला एक हजारको २ वटा, पाँच सयको २ वटा र एक सयको २ वटा नेपाली नोट समेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवैजनालाई बरामद रुपैयाँ, नक्कली नोट छाप्ने कागज तथा कारसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

 

सम्बन्धित खबरहरु