perisdadaकाठमाडौं । विपक्षी मोर्चाको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादीले संबिधानसभा तथा संसद अन्तर्गतको सबै समितिहरु बहिष्कार गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको एमाओवादी संसदीय दलको बैठकले सभाध्यक्ष सुवास नेम्वाङलाई असहयोग गर्ने आन्दोलनस्वरुप सबै समिति बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।

एकीकृत माओवादीले समिति बैठक नै बहिष्कार गर्ने निर्णय गरेसँगै व्यवस्थापिका संसद र संविधानसभा अन्तर्गतको समितिका बैठक पनि प्रभावित हुने भएको छ ।

संविधानसभामा तटस्थ भएर काम गर्न नसकेको तथा सत्तारुढ दलकामात्र कुरा सुन्दै प्रश्नावली निर्माण समिति संबिधानसभामा पेश गरेको भन्दै बिपक्षी गठबन्धनले नेम्वाङलाई असहयोग गर्ने र नेम्वाङले बोलाएको कुनै पनि बैठकमा नै सहभागी नहुने निर्णय गरेको थियो ।

बैठकमा माघ ८ गतेपछिको राजनीतिक अवस्था, संविधान निर्माणमा पार्टीको रणनीति, घोषित आन्दोलनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

सम्बन्धित खबरहरु