काठमाडौं । कञ्चनपुर, भिमदत्त नगरपालिका-१ रौटेलास्थित बैजनाथ मन्दिर नजिक कुटियामा बस्दै आएकी ८५ वर्षीया केशवी गिरी उक्त कुटियाभित्र सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

सुनसरी, ईनरुवा नगरपालिका-६ स्थित नहरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१२ कोरियनपुर नयाँबस्तीस्थित सडक छेउमा भारत बहराईच रुपैडिहा वतन भएका ३२ वर्षीय प्रेम पासी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कास्की, पोखरा महानगरपालिका-३३ तल्लो खैरेनी बस्ने ५८ वर्षीय लेख बहादुर सार्की सोही ठाउँस्थित खैरेनी समाज घरको छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, सुन्दरहरैँचा नगरपालिका-३ डेरा गरी बस्ने हाल नाम, थर, वतन नखुलेका ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु