The bride got divorced the next day after Suhagarat: Everyone was surprised to know the reason

काठमाडौं । पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा हरेक दिन विवाहसँग सम्बन्धित धेरै भिडियो भाइरल भइरहेका हुन्छन् ।

आज हामी तपाईलाई यस्तै एउटा विवाहबारे बताउन गइरहेका छौँ । सत्य थाहा पाउँदा तपाई पनि छक्क पर्नुहुनेछ । वास्तवमा विवाहको यो अनौठो प्रकरण बेलायतको हो ।

त्यहाँ दुलहीले विवाहको एक दिनपछि नै सम्बन्धविच्छेद गरेकी छिन् । सम्बन्धविच्छेदको कारण थाहा पाउँदा तपाईको होश उड्नेछ ।

सुहागरातपछि बेहुलीले बेहुलासँग डिभोर्स गरिन् । दुलाहाले दुलहीको इच्छाविपरीत काम गरेका कारण सम्बन्धविच्छेद गरेको बताइन्छ ।

यो अनौठो घटना बिहेको भोलिपल्ट दुलहा र दुलही पार्टीमा रहेको बेला भएको थियो, जसमा उनीहरुका आफन्तहरु पनि उपस्थित थिए । द मिररको रिपोर्ट अनुसार महिलाले यो सम्पूर्ण घटनाबारे सामाजिक सञ्जालमार्फत बताएकी छिन् ।

यस घटनाको बारेमा महिलाले रोचक खुलासा गरेकी छिन् । उनका पतिले उनको बिहेको दिन केक महोत्सव राखेका थिए । नयाँ दुलहीलाई आफ्नो अनुहारमा केक लगाउन मन थिएन ।

तर उनका श्रीमानले बलपूर्वक टाउको समातेर केक उनको अनुहारमा लगाए, जुन कुरा उनलाई धेरै अपमानजनक लाग्यो ।

उनले पटकपटक आफ्नो अनुहारमा केक नलगाउन अनुरोध पनि गरिरहेकी थिइन् । तर उनका श्रीमान मानिरहेका थिएनन्, त्यसपछि उनले श्रीमानसँग नबस्ने निर्णय गरिन् ।

बिहेको भोलिपल्ट केक काट्ने कार्यक्रम चलिरहेको बेला महिला अनुहारमा केक नलागोस् भन्ने चाहान्थिन् । तर यति हुँदाहुँदै पनि उनका श्रीमानले उनको टाउको समातेर केक लगाइदिएका हुन् ।

महिलाले उनलाई रोक्न खोजिन्, तर उनले सुनेनन् । महिला रिसाएपछि दुवैबीच झगडा भयो । कुरा यतिसम्म पुग्यो कि महिलाले सम्बन्धविच्छेदसम्मको कदम चालिन् ।

घटना लगत्तै ती महिलाले सबैको अगाडि सम्बन्धविच्छेदको घोषणा गरिन् । घटना लगत्तै आफूले श्रीमानसँग नबस्ने कुरा स्पष्ट पारेको महिलाले बताइन् ।

तर, उनको परिवारका तर्फबाट सानातिना कुरा बढाउँदै लगेर बिहे तोड्न नहुनेतर्क गरिएको छ । तर अन्ततः महिलाले निर्णय लिइन् र पुरुषसँग सम्बन्धविच्छेद गरिन् ।

सम्बन्धित खबरहरु