काठमाडौं । भनिन्छ, कसैको मायामा डुबेको मान्छेले जे पनि गर्न सक्छ ।

यसको पछिल्लो उदाहरण मेक्सिकोबाट आएको छ । त्यहाँ एक प्रेमीले आफ्नी प्रेमिकाकी आमाको ज्यान बचाउन मिर्गौला दान गरेका छन् ।

त्यसपछि बदलामा उनले आफ्नी प्रेमिकाबाट जीवनभरको साथ र माया पाउनुपर्ने हो । तर त्यसो भएन ।

आमाको उपचारपछि युवतीले अर्कैसँग बिहे गरिन् । जानकारी अनुसार प्रेममा धोका पाएका ति व्यक्तिको नाम उजिएल मार्टिनेज हो । उजिएल पेशाले शिक्षक हुन् । उनी मेक्सिकोका हुन् ।

टिकटकमा आफ्नो कथा सेयर गर्दै उनले आफ्नो पीडा पोखेका छन् । उनले आफ्नी प्रेमिकाकी आमालाई कसरी मिर्गौला दान गरे, कसरी धोका पाए भन्ने कुरा पनि खुलाएका छन् । उनले टिकटकमा आफ्नो एउटा भिडियो पनि सेयर गरेका छन्, जसमा उनी निकै दुःखी देखिएका छन् ।

 

सम्बन्धित खबरहरु