काठमाडौ । विश्वभर कोरोना संक्रमण दर उकालो लाग्ने क्रम आजपनि जारी छ ।

हाल विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणले दैनिक ३० लाख नजिकको संख्यामा संक्रमित थपिने गरेका छन् ।

आज मात्र २८ लाख ५२ हजार कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै फ्रान्समा ४ लाख ६४ हजार थपिएका छन् ।

त्यसैगरी अमेरिकामा ४ लाख ३२ हजार, इटलीमा २ लाख २८ हजार, ब्राजिलमा एक लाख ३२ हजार, अर्जेन्टिमा एक लाख २० हजार र बेलायतमा ९४ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो एक दिनमा १५ लाख ६३ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन् भने ७ हजार ६४० संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ४४३, रुसमा ६८८, बेलायतमा ४३८, फ्रान्समा ३७५ र ब्राजिलमा ३१७ जना रहेका छन् ।

निको हुनेमा इटलीमा २ लाख २० हजार, फ्रान्समा दुई लाख ७ हजार, बेलायतमा एक लाख १९ हजार, अर्जेन्टिनामा एक लाख दुई हजार, अमेरिकामा ९३ हजार र टर्कीमा ७७ हजार छन् ।

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार संक्रमित थपिए

छिमेकी मुलुक भारतमा कोरोनाको ग्राफ उच्च बिन्दुमा पुगेको छ । एकै दिन त्यहाँ २ लाख ७७ हजार ७४० जना कोरोना संक्र्रमित थपिएका छन् ।

यही अवधिमा भारतमा एक लाख ७३ हजार जना संक्रमणमुक्त भएका छन् भने ४४२ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या बढेर १८ लाख ४० हजारभन्दा माथि पुगेको छ । त्यहाँ अहिले ९ हजार जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् ।

 

सम्बन्धित खबरहरु