काठमाडौ । प्रस्तुत गरिएको तस्विर देख्दा कुन नेपालीको मन छुँदैन र ? हो हामी प्राकृतिक रुपमा सुन्दर छौ ।

तर हाम्रो मानव बस्ति व्यवस्थित नहुँदा भौगोलिक विकटताको मार खेपिरहेका छौ । विकास धिमा गतिमा हुँदा यातायातका साधन छैनन् । कयौँ दिन बोकेर अत्यावश्यक सामानको ढुवानी गरिराख्नु परेको छ ।

देखिएको तस्विर बाग्लुङको रणसिंह किटेनी स्वास्थ्य केन्द्रकी अनमी प्रेमकुमारी केसीको हो । उहाँले कामका लागि गन्तव्यमा पुग्न हिउँले भरिएको बाटोमा घस्रिएर हिँड्दै यात्रा पूरा गर्नुभएको छ ।

नागरिकलाई खोप दिनैपर्ने अवस्था आएपछि उहाँले खोप केन्द्रसम्म पुग्न यो अवस्था भोग्नु परेको हो । तस्विर स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको फेसबुक पेजबाट लिइएको हो । उहाँले गरेको यो संघर्ष आफ्ना लागि मात्र हैन । नागरिकलाई महामारीबाट जोगाउनका लागि हो ।

नागरिकको जीवन रक्षाका लागि हो । हाम्रा कयौँ स्वास्थ्यकर्मीहरुले आफ्नो जीवन दाउमा राखेर नै नागरिकको रक्षा गरिरहेका छन् । महामारीमा जोखिम न्यूनिकरण गर्ने पीपीई नपाउँदा समेत नागरिकको जीवन रक्षाका लागि काम गरिरहेका तस्विरपनि यस अघि आएको नै हो ।

बाढीको बेला खोलको भेलमा आफ्नो जीवन नै प्रवाह नगरि खोप ढुवानी गरेका तस्विरपनि आएका थिए ।

तर दुखको कुरा नागरिक र राज्यका लागि आफ्नो जीवन नै प्रवाह नगरी काम गर्नेहरुलाई योगदानको मुल्यांकन नहुँदा सबैको मन दुख्छ ।

पुरस्कृत हुनेहरु ठुला बडाको वरिपरि घुमिरहेकाहरु नै मात्र हुन्छन् । तर यस्ता योद्धाहरु ओझेलमा पर्नुहुन्न । यो पटक भने राज्यले आँखा खोलेर हेर्नै पर्छ ।

 

सम्बन्धित खबरहरु