काठमाडौ । अहिले नेपालमा सामाजिक सञ्जाल चलाउँने र सञ्चार माध्यमको पहुँचमा रहेका नेपाली नागरिकहरु रमेश प्रसाई नचिन्ने कमै छन् । उहाँ अत्यन्तै प्रखर वक्ता मात्र हैन चर्चित र दक्ष कार्यक्रम प्रस्तोतापनि हो ।

उहाँ चर्चित टेलिभिजन ग्यालेक्सी फोर के मा चर्चित प्रस्तोता रबि लामिछानेसँगै काम गर्नुहुन्छ । उहाँको लालमोहोर भन्ने कार्यक्रम एकदम मन पराईएको टेलिभिजन कार्यक्रम हो ।

चर्चामा आउँन थालेपछि रमेश प्रसाईको जीवनमा निक्कै परिवर्तन आएको छ । उहाँले विवाहित मात्र हैन एक सन्तानको बाबु बन्नुभएको छ । चर्चित सामाजिक अभियान्ता, समाजसेवी नन्दासँग उहाँको लगनगाँठो कसिएको थियो । विवाहको केही समयपछि छोरीको जन्म भएको छ ।

रमेश र नन्दा दुबै आँखा देख्न सक्नुहुन्न । उहाँकी छोरीले आँखा देख्नुहुन्छ की देख्नुहुन्न होला ? सबैको चासोको विषय बनेको थियो । यसको निराकरणका लागि हामीले अस्पतालसँग सम्पर्क राखेका छौ ।

छोरी मान्छेको लागि एउटा आमा बन्नु शौभाग्यको कुरा मान्ने गरिन्छ । जति पिडा भएनी, जस्तोसुकै प्रशव वेदना सहेर भए पनि सन्तान जन्मिए पछि धेरै खुशी लाग्ने रहेछ भन्ने आफूले बुझेको रमेश प्रसाईं कि श्रीमती नन्दा बताउँनुहुन्छ ।

नन्दाका अनुसार नौ महिनासम्म जति पिडा कष्ट हुन्छ त्यो सबै जब सन्तानको मुख हेरिन्छ त्यति बेला नै सबै भुलिने रहेछ भन्ने एउटा आमा बने पछि मात्र थाहा हुने रहेछ । भर्खर आमा बनेकी नन्दा भन्नुहुन्छ जब मैले लक्ष्मीको रुपमा छोरीलाई जन्म दियौँ त्यो बेला मलाई संसारकै सबै भन्दा ठूलो खुशी मिलेको छ ।

नन्दासँग कुरा गरेपछि हामीले डाक्टर गहाना गुरुङ केसीसँग बुझ्न पुग्यो । जसले नन्दाको सफल अप्रेसन गरेर छोरीलाई जन्म दिनुभएको थियो । नन्दा र छोरीको स्वास्थ्य अवस्था एकदमै ठिक रहेकोले तीन दिन पछि अस्पतालले डिस्चार्ज दिइएको थियो ।

हिन्दु संस्कार अनुसार सातौ दिनमा नन्दाको छोरिको न्वारन गरिएको थियो । न्वारनमा नाम ‘न’ बाट जुरेको भएता पनि हजुरआमाले आफूहरु दुबै जनाको नाम मिलाएर छोरिको नाम रचना राखिदिएको नन्दाले बताउनुभयो ।

सासुको रुपमा मैले मेरो जन्म दिने आमा पाएको जस्तो लाग्ने गरेको नन्दाको भनाई छ । सासुले आफ्नो एकदमै राम्रो सँग हेरविचार गरेको उहाँले बताउनुभयो । म अहिले यति को छिटै निको हुनुमा सासुको सहयोगले नै गर्दा भएको हो उहाँले भन्नुभयो । हु

रमेश र नन्दा दुवै आँखा देख्न नसक्ने फरक क्षमताको व्यक्तित्व हो । छोरी रचनाले आँखा देख्नुहुनेछ । उहाँ एकदमै स्वस्थ हुनुहुन्छ ।

आधुनिक जीवनमा सफल बाबु आमाको कोखमा सुगममा जन्म भएको पछि भवितव्य पर्दापनि उहाँका बावु आमाको जस्तो दुख हुने छैन । अहिले जन्मजात एकदम राम्रो र स्वस्थ हुनुहुन्छ । उहाँहरुकी छोरी निक्कै भाग्यमानी र चलाख हुनुहुन्छ ।

करुणा अस्पतालकी डा. गहना गुरुङ केसी जसले “नन्दाको अपरेशन गर्नुभएको थियो । उहाँ भन्नुहुन्छ मैले नै अप्रेशन गरेको हुँ, अप्रेशन निकै नै सफल भएको थियो । र अहिले स्वास्थ्य अवस्था अनि निकै राम्रो भएको छ । अनि सबैभन्दा ठुलो कुरा त छोरी रचनाले आँखा प्रष्ट देख्नुहुन्छ । उहाँ अरु सामान्य मान्छे जस्तै हिँड्न सुन्न र राम्रोसँग बोल्न सक्नुहुन्छ ।

बाबुआमाले नै आँखा नदेख्ने भएतापनि छोरीले भने देख्न सक्ने भनेर डा. गहना गुरुङ केसीले बताउनुभएको हो । धेरैले जन्मजात वा वंशानुगतपनि केही असर हुन्छ की भनेर यस्तो जिज्ञासा राख्नुभएको होला । चिकित्सकका अनुसार छोरी रचना एकदमै स्वस्थ हुनुहुन्छ ।

कालिकोट स्थायी घर भएकी नन्दा सिंह आफैमा एक सक्षम समाजसेवी हुनुहुन्छ । रमेश प्रसाइसँग विवाह बन्धनमा बाँधिएपछि उहाँको अझ बढी चर्चा भयो ।

नन्दा सिंह २ वर्षको उमेर हुँदासम्म आँखा देख्नुहुन्थ्यो । तर जब उहाँलाई दुई बर्षको उमेरमा झाडापखलाले नराम्ररी समात्यो तब उहाँ धेरै लामो समय सम्म बिरामी हुनुभयो । उहाँलाई सबैले माया मारिसकेका थिए । अन्तिम संस्कारका लागि जंगलमा लगिसकिएको थियो ।

हो त्यति नै बेला संयोग पनि कस्तो भैदियो, त्यतिनै बेला राति चलमलाएर नन्दा ब्युँझिनुभयो । त्यसपछि यो त ज्यूँदै रहिछ भनेर सबैलाई बाँचेको थाहा भयो। तर बाँचे पनि जीवनमा अन्धकार थपियो। झाडापखला लाग्नुअघि आँखा देख्ने उहाँ त्यसपछि भने नदेख्ने हुनुभयो, बाल्यकाल पनि अन्धकारमै बित्यो।

“बाल्यकालमा अरु साथी खेलेको देख्दा मलाई पनि खेल्न मन लाग्थ्यो। अरु साथीसँग मलाई खेल्नसमेत दिइँदैनथ्यो किनकी मेरो जस्तै आँखा नदेख्ने रोग अरु केटाकेटीलाई पनि सर्छ भन्थे । मन भित्रभित्रै रुन्थ्यो, बाल्यकालमा आँखा नदेखेकै कारण हेप्थे ।

त्यो बेला समाज अबुझ थियो । अबको जमानामा भने त्यस्तो कसैले गर्न नहुँने उहाँको भनाई छ । नन्दाले भावुक भएर सुनाउनुभयो । तर मेरो मनमा एउटा आँट पलायो, जीवनमा केही न केही गर्छु भनेर मनलाई दह्रो बनाए । त्यसपछि नन्दा आफ्नी मिल्ने साथीसँग काठमाडौ आउनुभयो र काठमाडौंमा बाल आश्रम चलाउन थाल्नुभयो ।

उहाँले आफ्नो बाल्यकाल देखिकै मिल्ने साथी गिता बस्नेतसँग मिलेर अन्तरदृष्टि नेपाल’ नामक अनाथालय सञ्चालन गर्नुभयो । आफैमा दृष्टिबिहिन, आफूलाई नै अरुको साहारा चाहिने हुदाहुदै पनि संस्थामा करिब एक दर्जन बालबालिकाहरुलाई आश्रय दिनु विश्वकै मानव समुदायका लागि नन्दा उदाहरण हो ।

नन्दा पछिल्लो समय मेरो आँखा बन्छ कि बन्दैन थाहा छैन तर पनि अब म केही दिनमै वरिष्ठ डा. सन्दुक रुइतसँग परामर्श लिएर आँखा बनाउँनका लागि कोसिस गर्छु भन्नुभएको छ । आफूले आँखा देखे पति रमेश र छोरी रचनालाई थप राम्रो बनाउँन सक्रिय बन्ने उहाँको प्रतिवद्धता छ । सबै राम्रो होस् । खुशी छाओस् । हामी यो पूरा परिवारलाई मनभित्रबाट भगवानसँग आर्शिवाद माग्दछौ ।

 

सम्बन्धित खबरहरु