काठमाडौ । ललितपुर, ललितपुर महानगरपालिका-९ बालकुमारी पुलस्थित खोला छेउमा हाल नाम, थर, वतन नखुलेका करिब २६ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सिरहा, धनगढीमाई नगरपालिका-११ स्थित प्राकृतिक अस्पतालको बराण्डामा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

लमजुङ, राईनास नगरपालिका-७ बिरौटास्थित ईस्ति योगो वाटर प्रालिमा काम गर्ने सोही ठाउँ बस्ने ६९ वर्षीय पदम बहादुर भुजेल आफनै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषा, धनुषाधाम नगरपालिका-६ मालटोलस्थित आँपको बगैचामा हाल नाम, थर, वतन नखुलेकी करिब २५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

दाङ, राजपुर गाउँपालिका-७ गल्छिस्थित राप्ती नदीको किनारमा तुलसीपुर उपमहानगरपालिका-१३ बस्ने ५० वर्षीय डम्मर बहादुर खड्का बुधबार मृत अवस्थामा फेला परेका छन् ।

गुल्मी, रुरुक्षेत्र गाउँपालिका-२ स्थित बेसिका चौर सामुदायिक वनमा सोही ठाउँ बस्ने ४८ वर्षीय सूर्य बहादुर सुनार बुधबार मृत अवस्थामा फेला परेका छन् ।

पर्सा, जिराभवानी गाउँपालिका-१ स्थित जिराभवानी मन्दिरमा पुजापाठ गर्ने पुजारी भारत ईलहावाद घर भएका ६० वर्षीय भगवत्ती प्रसाद भन्ने नन्देबाबा आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु