काठमाडौं । उदयपुरमा श्रीमतीको मृत्युपछि सालीसँग बिहे गर्ने व्यक्तिका गाउँले उनका दुश्मन बनेका छन् ।

घटना भारत, राजस्थानको उदयपुरको हो । गाउँका मानिसहरूले उनलाई दिनहुँ कुटपिट गर्छन् ।

गाउँ र घर छोड्ने धम्की पनि दिने गरेका छन् । हालै गाउँका बासिन्दाले उक्त व्यक्तिलाई भारु ५ हजार रुपैयाँ जरिवाना तिराएका थिए ।

गाउँलेहरूको व्यवहारबाट विचलित भएका युवक प्रहरी चौकी पुगेर रुदैँ प्रहरी चौकी पुगेपछि सबै कुराको रहस्य खुलेको हो ।

ती युवकको नाम खुशपाल भोई हो । खुपाल बाँसवाडाको पडिकालाका बासिन्दा हुन् । उनकी दोस्रो श्रीमती बन्टीले प्रहरी उपरीक्षकको नाममा उजुरी दिएकी छन् ।

जसमा उनले सन् २०१७ मा दिदी खुशपालको दिदीसँग बिहे भएको उल्लेख गरेकी छिन् । उनले आफ्नी दिदीलाई ब्लड क्यान्सरबाट बचाउन नसकेको पनि स्पष्ट पारेकी हुन् ।

ति महिलाको मे २०२१ मा मृत्यु भयो । उपचारमा खुशपालको भारु तीन लाख रुपैयाँ खर्च भएको थियो । बच्चाको हेरचाह गर्नका लागि उनका आमाबुवाले उनको बिहे खुशपालसँग गर्दिएका हुन् ।

बन्टीका अनुसार ९ डिसेम्बरमा उनीहरुको विवाह भएको हो । विवाह भएदेखि नै गाउँका मोहन छोरा विठला भोई, सुखी श्रीमती विठला भोई र कालु छोरा काना भोईले उनको विवाहको विरोध गरिरहेका छन् ।

उनीहरु हरेक दिन खुशपाललाई कुटपिट गर्छन् । मकर संक्रान्तिको रात आरोपीले कुटपिट गरेका थिए । उनले समाजको नाममा भारु ५ हजार रुपैयाँ जरिवाना समेत तिरेका छन् ।

अहिले आरोपितले उनलाई र उनका श्रीमानलाई गाउँ र घर छोड्न धम्की दिइरहेका छन् । यस घटनामा सदर प्रहरी चौकीका अनुसन्धान अधिकृत शैलेन्द्र पाटीदारलाई नियुक्त गरिएको छ । दुवै परिवारको सहमतिमा युवक र सालीको विवाह भएको अनुसन्धान अधिकृतले बताए ।

 

सम्बन्धित खबरहरु