धार्मिक ब्यूरो । भाग्यमा वृद्धि गर्ने बृहस्पति ग्रहको साथ भएमा मानिसलाई कुनै पनि काममा सफलता मिल्न निकै सजिलो हुन्छ ।

त्यसैले ज्योतिषशास्त्रमा बृहस्पति ग्रहलाई सबैभन्दा शुभ ग्रह मानिन्छ। हाल बृहस्पति ग्रह कुम्भ राशिमा छ र अप्रिल १३, २०२२ सम्म यो राशिमा रहनेछ।

यस अवधिमा बृहस्पति पाँच राशिको आर्थिक अवस्था, करियर, पारिवारिक जीवन आदिका लागि निकै शुभ साबित हुनेछ।

मेष – मेष राशिका व्यक्तिलाई अधिक धन प्राप्ति हुनेछ । करियर–व्यवसायमा धेरै प्रगति हुनेछ । नयाँ घर–गाडी किन्न सकिनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। समग्रमा जीवनको हरेक पक्षमा खुशी रहनेछ।

मिथुन – मिथुन राशि हुनेहरुका लागि यो समय अप्रिलसम्म आर्थिक स्थिति सुदृढ हुने देखिन्छ । आम्दानीमा बृद्धिले ठूलो राहत मिल्नेछ। भाग्यको सहयोगले हरेक काम समयमै पूरा हुनेछन् । पद–सम्मान मिल्न सक्छ। घरमा खुशी रहनेछ।

सिंह – सिंह राशिका लागि यो समय धेरै पुराना समस्याको अन्त्य हुने देखिन्छ । जीवनमा फेरि खुशीको बहार आउनेछ । पैसाको अभाव हट्नेछ। काम सुरु हुनेछ।

तुला – तुला राशि हुनेहरूका लागि यो समय नोकरी–व्यवसायका लागि राम्रो रहनेछ। धन लाभ हुनेछ । नयाँ प्रस्तावहरू फेला पार्न सकिन्छ, जुन धेरै लाभदायक साबित हुनेछ। दाम्पत्य जीवन राम्रो रहनेछ।

वृश्चिक – यो समय वृश्चिक राशिका व्यक्तिहरूलाई पद, धन र इज्जत सबै कुरा दिनेछ। करियरमा धेरै प्रगति हुनेछ । पारिवारिक जीवन राम्रो रहनेछ।

सम्बन्धित खबरहरु