काटमाडौ । बैतडी, सिगास गाउँपालिका-९ सेकनाडीस्थित सडकमा से.६ प ७९२१ नम्बरको मोटरसाइकल सडकबाट करिब २ सय मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कञ्चनपुर शुक्लाफाटा नगरपालिका बस्ने २८ वर्षीय धनिराम चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

सप्तरी, सुरुङ्गा नगरपालिका-५ कुसहास्थित सडकमा ना.१ ज ७९६८ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी करिब ५० वर्षीया महिलाको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-४ धर्मचोकस्थित सडकमा बागमती प्रदेश ०३-००४ प ७३२२ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएर बिहीबार राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका-१६ बस्ने ३५ वर्षीय दिल खत्री क्षेत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय दिवश चापागाईको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बाँके, बैजनाथ गाउँपालिका-५ रङगिला चोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट सल्यान कालिमाटी गाउँपालिका-७ घुईयाबारी बस्ने ६० वर्षीया गोरी बुढाको बिहीबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु