काठमाडौ । काठमाडौं उपत्यकामा आज रातिदेखि सेमि लकडाउन सुरु भएको छ । सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुनेछ भने अधिकांश क्षेत्रमा नियन्त्रण हुनेछ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आज मध्यरात पछि लागु हुने गरि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

तिव्र गतिमा फैलिरहेको कोभिडको संक्रमणलाई मध्य नजर गर्दै जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्ने निर्णय भएको हो ।

आजैदेखि सार्वजनिक स्थलमा जाँदा खोपकार्ड अनिवार्य बोक्नुपर्ने नियम पनि लागू गरिएको छ । त्यसैगरी, जमघट हुने सवैखाले क्रियाकलपाहरु पनि बन्द गर्ने आदेश जिल्ला प्रशासनहरुले जारी गरेका छन् ।

जस अनुसार आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी साँझ, नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जीमखाना, रंगशाला, संग्रहालय, पुस्तकालय, चिडियाखानाहरु आजदेखि बन्द हुनेछन् ।

यस्तै, कभर्ड हल, स्वीमिङ पुल, फुटसल, जात्रा, महोत्सव, हाटबजारहरु पनि बन्द हुनेछन् । सरकारले शैक्षिक संस्थाहरु, तालिम केन्द्र, कोचिङ सेन्टर, ट्युसन सेन्टर, कलेज र विद्यालयहरु यस अघि नै बन्द गरिसकेको छ ।

 

सम्बन्धित खबरहरु