काठमाडौं । सार्वजनिक मञ्चबाटै नरसंहारको धम्की दिन मिल्छ ? त्यो पनि बहालवाला मन्त्रीले ? कानुनी, नैतिकता कुनै पनि हिसाबमा मिल्दैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव यस्तै हिंसात्मक अभिव्यक्तिका कारण संकटमा परेकी छन् । त्यही कारण उनको राजीनामाको माग व्याप्त भएको छ ।

रौतहट जिल्ला सदरमुकाममा बुधबार मन्त्री यादवले सर्वाजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा सिके राउतको ज्यान लिने धम्की दिएकी थिइन् ।

त्यसका लागि उनलाई घेराबन्दी गरी ज्यान लिन कार्यकर्तालाई उक्साएकी थिइन् । निकै आक्रोशित शैलीमा प्रस्तुत उनले गौर घटनामा फोरमकै नेतृत्वमा भएको स्वीकारोक्तिसमेत दिइन् । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

मन्त्री यादवलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री शर्माको माग

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने बताउनुभएको छ । गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी मन्त्री यादवलाई जिम्मेवारीबाट हटाउन चौतर्फी माग भइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस महामन्त्री शर्माले पनि मन्त्री यादवलाई पदमुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

मन्त्री यादवले पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको ठहर गर्दै पदमुक्त गर्न कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीलाई आग्रह गरेको बताउनुभएको हो ।

सम्बन्धित खबरहरु