काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा “प्रवेश गर्न” चाहेको तर “पूरै युद्ध” नचाहेको आरोप लगाएका छन्।

रुसले युक्रेनको सीमामा एक लाख सैनिक तैनाथ गरेको छ तर हमला गर्न नलागेको दाबी गर्छ। यो सङ्कट के हो र कसरी उत्पन्न भयो ?

सबैको चासोको विषय बनेको छ । धेरै देशहरुले रुस र युक्रेनबीच युद्ध हुन लागेको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।

रुसको तयारी हेर्दापनि त्यो देखिन्छ । जर्मनका चान्सलर ओलाफ शोल्जले आफूहरु चिन्तित र निक्कै गम्भीर भएको बताएका छन् ।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले तनाव घटाउन आग्रह गरेका छन् । उनले भनेका छन् युक्रेनको सीमानामा रुसले ठूलो संख्यामा सैनिक पठाएको छ । अत्याधुनिक हतियार तैनाथीका खबरले हामी स्तव्ध छौ ।

अमेरिकी राष्ट्रपति जो बाइडनको मुख्य सचिवालय ह्वाईट हाउसकी प्रेस सेक्रेटरी जोन साकीले हामी अहिले त्यो चरणमा छौ रुसले जुनसुकै बेलापनि युक्रेनमाथी आक्रमण गर्न सक्छ भनेकी छिन् ।

रुसी विदेशमन्त्री सार्गेइ लाभ्रोभले नेटोले युक्रेनी भूभाग नजिक जल र स्थल सेनाहरु अत्याधिक थपिरहेको पुष्टि गरे । यसले युक्रेनलाई नेटो सेनाको सहयोग हुने पक्का देखिन्छ । यस्तो भयो भने विश्वयुद्धको भय छ ।

यसको कारण
पूर्वी युक्रेनमा सरकारी शसस्त्र बल र रुस समर्थित बिद्रोहीबीचको द्धन्द्ध ।
१४००० जना मारिएका छन् । १ लाख भन्दा बढी मानिस विस्थापित भएका छन् ।

युक्रेनमा रहेको क्रिमिया प्राःयद्धिप रुसले आफ्नोमा गाभेको छ । यहाँ लाखौँको संख्यामा रुसले सेना पठाएको छ । त्यो भूमि युक्रेन फिर्ता लिन चाहान्छ ।

सन् २०१४ मार्चमा रुसले दक्षिणी युक्रेनको कृष्णसागरमा अवस्थित क्रिमिया प्राःयद्धिप बलपूर्वक गाभ्यो । एकमहिनापछि रुस समर्थित पृथकतावादी समूह डोन्बास प्रान्तका केही क्षेत्रमा नियन्त्रण कायम गर्यो ।

युक्रेन र पश्चिमा देशहरु रुसले ती विद्रोहीलाई सैन्य सहयोग गरेको दावी गर्छन् । यसले पश्चिमा मुलुकहरुमा अशान्ति हुने भन्दै रुसलाई तह लगाउन सबै एकजुट बनेका छन् ।

तर रुस यो कुरालाई अस्वीकार गर्छ । यो अवस्थामा अमेरिका समेत युक्रेन र पश्चिमा मुलुकको पक्षमा छ । युक्रेन सरकारले विद्रोहीबिरुद्ध बारम्बार संघर्ष जारी राखेको छ । सन् २०१४ र सन् २०१५ मा त त्यो संघर्ष युद्धमा नै परिणत भएको थियो । युद्धमा १४००० मानिसको मृत्यु भएको थियो ।

लाखौँ मानिस विस्थापित भएका थिए । सन् २०१५ मा युद्धविराम घोषणा भयो तरपनि युद्ध अहिलेपनि जारी छ ।

डोन्बास प्रान्तका शरणार्थीलाई रुस र युक्रेनका अन्य स्थानमा लखेटिएको छ । उनीहरु न यता न उताका भएका छन् । डोन्बासभित्र रुसले झण्डै पाँच लाख भन्दा धेरै मानिसलाई राहदानी समेत दिएको छ ।

विश्वले यो कुरालाई किन चासो राख्ने

यो मामिला रुस र युक्रेनको मात्र हैन । स्वतन्त्र राज्यको रुपमा युक्रेनको अस्तित्व नै संकटमा छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबा भन्छन् युक्रेनको बारेमा कुनै निर्णय युक्रेनबिना हुनुहुँदैन, यो अखण्ड मान्यता हो ।

यसले युक्रेनको स्थायित्व अनि रुस, युरोप अनि अमेरिकाबीचको सम्बन्धपनि दाउमा छ । अमेरिकी राष्ट्रपति जो बाइडनले यो नियन्त्रण बाहिर जानसक्ने खतरा बारे चिन्ता व्यक्त गरेका छन् । बाइडेन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यस बारे कुरा गरेका छन् ।

अनि पश्चिमा मुलुकहरुले रुसले क्रिमियालाई गाभेको कदमको बिरोध गरिरहेका छन् । बिद्रोही जन्माएको घोर निन्दा गरिरहेका छन् । युक्रेन र उसका मित्रराष्ट्रहरु स्थितीलाई अति नजिकबाट नियालीरहेका छन् । अब के होला भन्ने भविष्यले मात्र बताउला । अहिले नै यसै भन्न सक्ने अवस्था भने छैन । -बीबीसी सहित विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोग ।

 

सम्बन्धित खबरहरु