काठमाडौ । अहिले आफूले गर्भ नबोकेपनि आफ्नै बच्चा जन्माउन सकिन्छ ।

विश्वकै नम्बर वान नायिका प्रियंका चोपडा र अमेरिकी गायक, अभिनेता र रेकर्ड निर्माता निक जोन यसरी नै बाबु बनेका छन् ।

२०१८ मा बिहे गरेका उनीहरुले उमेरका कारण यसरी बच्चा जन्माएका हुन् । जब एक दम्पतीले सरोगेसीलाई रोज्छन्, मानिसहरू सोच्न थाल्छन् कि तिनीहरू मध्ये एकलाई केही स्वास्थ्य समस्या हुन सक्छ।

यद्यपि, पोर्टलको रिपोर्टमा प्रियंकालाई प्रजनन क्षमतामा कुनै समस्या नभएको तर ३९ वर्षको उमेरमा यो उनको लागि सजिलो पनि थिएन। साथै व्यस्त कार्यक्रमका कारण उनीहरूले गर्भधारण गर्न सकिनन् र सरोगेसीलाई रोजे ।

सरोगेसी अर्थात अरुको गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रकृयालाई हो । यसलाई धेरै देशहरुमा कानूनी मान्यता दिइएको छ । यो कार्यलाई पछिल्लो प्रविधि टेष्ट ट्युब बेबी (आईभीएफ) ले साथ दिन्छ ।

यो प्रविधिमा बच्चा जन्माउन चाहाने आमाको डिब्ब सामान्य शल्यक्रियाबाट बाहिर निकालिन्छ । यसैगरी बच्चा चाहाने बाबुको शुक्राणुपनि लिइन्छ । त्यसपछि उक्त बाबुको शुक्राणु बाहिर निकालिएको आमा बन्न चाहाने महिलाको डिब्बमा मिलन गराउँन ट्युबभित्र राखिन्छ ।

त्यहाँ भ्रण बनेपछि भाडामा लिइएकी सरोगेसी आमाको गर्भाशयमा राखिन्छ । विश्वका चर्चित कलाकारहरुले सेरोगेसीबाट बच्चा जन्माएका थुप्रै उदाहरण छन् ।

सरोगेट गर्न आमा कसरी छान्ने ः
सरोगेट आमा पाउन कति गाह्रो हुन्छ ? बच्चा जन्माएपछि सरोगेट आमाको कुनै भुमिका हुन्छ कि हुँदैन ? भन्ने थुप्रै प्रश्न आममानिसको मनमा उठ्ने गर्दछन् ।

सामान्यतय, सरोगेसीका लागि महिला आफ्नो या आफ्नो डोनरको एग्स माध्यबाट अरुको लागि गर्भवति हुन्छन् ।

बच्चा जन्मिसकेपछि सरोगेट आमाको त्यो बच्चासँग कुनै पनि सम्बन्ध हुँदैन । तर कुनै सरोगेट आमा यस्तो पनि हुन्छन्, बच्चा जन्मिसकेपछि पनि त्यो परिवारसँग उनीहरुको सुमधुर सम्बन्ध हुन्छ ।

२४ वर्षको उमेरमा सरोगेट आमा बनेकी एम्बाले बीबीसीसँग आफ्नो अनुभव सुनाएकी छन् । उनी आफ्नो बच्चा हुनुभन्दा पहिले अरुको बच्चाको आमा बन्न चाहन्थिन् ।

उनि भन्छिन्, ‘मलाई अरुको बच्चाको आमा बन्न राम्रो लाग्छ ।’ एम्बाको आफ्नो पनि तीन वर्षको सन्तान छन् । एम्बा एक युवा सरोगेट आमा हुन् । उनले मार्च २०२० मा एक जोडी केविन र एकी को लागि सेरोगेसीबाट बच्चा जन्मदिएकी थिइन् ।

खबर अनुसार नायिका प्रियंका चोपडाका लागि आमा बनिदिएकी सरोगेट मदर पाँचौ सन्तानकी आमा हुन् । उनी राम्रो स्वस्थ भएका कारण पुनः राजिएको बताइएको छ । यद्यपी यी सबै कुरा गोप्यता कायम गर्नुपर्ने कानून छ ।

विश्वमा धेरै वेबसाईट र एपहरु छन् जुनबाट स्पर्म डोनर, एग्स डोनर र सरोगेट्स आमा खोज्न सकिन्छ । कुनै कुनै अस्पतालले समेत त्यस्तो व्यवस्था गरिदिएको हुन्छ । एपमा मानिसहरु स्पर्म डोनर, एग्स डोनर र सरोगेट्सको खोजी गर्छ ।

ब्रिटेनमा सरोगेटबाट बच्चा जन्माउनेलाई कानूनी आमा–बुबा मान्छ । अमेरिकाको कानूनमापनि यो व्यवस्था छ । जबसम्म आफैले कानूनी रुपमा बच्चा ट्रान्सफर गर्दैन त्यो बेलासम्म सरोगेट आमालाई बच्चाको हक लाग्छ ।

कुनै–कुनै सरोगेट आमाहरुले क्लाइन्टलाई बच्चा दिन मान्दैनन् । त्यही कारणले गर्दा कानुन बदल्ने प्रस्ताव ल्याएको छ । त्यसपछि सरोगेसी गर्ने आमा–बुबाका बच्चा स्वतः कानूनी आमा–बुबा हुनेछन् ।

प्रियंका चोपडा–निक जोनस सरोगेट आमा
एक स्रोतले डेलीमेललाई बताए कि प्रियंका र निकको बच्चा जन्माउने महिला पाँचौं पटक सरोगेट बनेकी थिइन् र जब दम्पतीले उनलाई भेटे उनीहरूले उनलाई मन पराए।

प्रियंका चोपडा–निक जोनासको समय भन्दा पहिले बच्चा जन्मियो

रिपोर्ट अनुसार, दम्पतीले अप्रिलमा आफ्नो बच्चालाई स्वागत गर्ने तय थियो। चिकित्सकले अप्रिलमा मात्र समय दिएका थिए । तर यो २७ औं हप्तामा समयपूर्व नै डिलिभरी थियो।

 

सम्बन्धित खबरहरु