काठमाडौ । नेपालबाट सोझा नेपाली दाजुभाई दिदिबहिनी भिजिट भिसामा झिकाएर यूएई र मलेशियामा श्रम शोषण गराइरहेका छन् ।

साढे दुई लाख भन्दा बढी रकम असुलेर भनेका काम नदिने, काम दिएपनि रोजगारदातासँग मिलेर पाउने तलब भत्ताको समेत प्रतिशत खाइदिने स्थानीय दलालहरुको हर्कत छ ।

नेपालमा भ्रमण भिसा लगाउँन दलालको एउटा समूह सक्रिय गराउँने र त्यहाँ रहेका नेपालीहरु नै स्थानीय दलाल बन्ने गरेका छन् । नेपालबाट भिजिट भिसा बनाएर उनीहरुले आफ्नो घरमा राख्छन् ।

आफ्नो घरमा कयौँ दिन राख्छन् जब आफूलाई नाफा हुनेगरी कुनै रोजगार दाता सम्पर्कमा आउँछ अनि मात्र त्यहाँ पठाइदिन्छन् ।

नेपालबाट गएदेखि जान लाग्ने रकम, बस्न लागेको रकम सबै रोजगारदाताबाट स्थानीय दलले असुल गर्छन् । तर यसरी काम पाएपनि रोजगारदाताले अति कम तलब दिने, कानूनी रुपमा कजोर बनेर पुगेकाले धम्की र घुर्की लगाउँदै काम लगाउँने ।

भनेभन्दा बढी काम गर्नुपर्ने, तोकिएको तलब नै नदिने, कतिपयलाई शारीरिक शोषण समेत गर्ने गरेका घटना बाहिर आएका छन् । यस्ता खबर र सूचना आएपछि सरकारले यूएई र मलेशियामा भिजिट भिसामा कुनैपनि नेपाली जान नदिने गरी रोक्का गरेको छ ।

गृहमन्त्रालयले निर्णय नै गरे सूचना प्रकाशित गरिसकेको छ । नेपाल सरकारले अवैध रुपमा भिजिट भिसामा यूएई र मलेशिया पुगेकाहरु नेपाल फर्किन अपिल गरिसकेको छ ।

यूएई र मलेशिया सरकारले समेत अवैध रुपमा नबस्न आदेश गरिसकेको छ ।

यूएईमा आएका विदेशी नागरिकहरुले काम गर्न नपाउने गरी निर्णय नै भइसकेको छ । अन्य देशबाट भिजिट भिसामा आएका विदेशी नागरिकहरुले काम गरेको भेटिएमा ३ महिना जेल र १० हजार दिराम अर्थात (३ लाख रुपैयाँ) जरिबाना हुने भएको छ।

दुबई पब्लिक प्रोसिक्युसनलाई उदृत गर्दै गल्फ न्युजका अनुसार यूएईमा विदेशी नागरिकहरुले बिना ‘वर्क परमिट’ काम गर्ने पाउने छैनन्।

बिना ‘वर्क परमिट’ काम गर्नु यहाँको श्रम कानूनको गम्भीर उल्लंघन हो। यसबाहेक अदालतले देश निकालाको आदेश पनि हुन सक्ने समाचारमा जनाइएको छ ।

 

सम्बन्धित खबरहरु