नेपाल । चीन संयुक्त लगानी निजी क्षेत्रको हवाई कम्पनी – हिमालय एअरलाइन्स् नेपालमै सर्वप्रथम आइ.एस.ओ ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणिकरण हुन सफल भएको छ ।

एअरलाइन्स्लाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आइ.एस.ओ ९००१ः२०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण आइ.एस.ओ ९००१ः२०१५ बाट प्रमाणिकरण गर्दै गत डिसेम्बर २९, २०२१ मै सम्मानित गरिएको थियो ।

एअरलाइन्स्ले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालीम लगायतका गुणस्तरीय सेवा प्रणाली ब्यवस्था गरे वापत उक्त प्रमाणिकरण प्राप्त गरेको हो ।

स्मरणीय छ, हिमालय एअरलाइन्स्ले यसपूर्व अर्थात् अगस्त २०२० मै हवाई जहाज मर्मत–सम्भार तथा उड्डयन सम्बन्धी इन्जिनियरिङ्ग सेवा वापत आइ.एस.ओ बाट प्रमाणिकरण हुने सौभाग्य प्राप्त गरिसकेको थियो ।

आइ.एस.ओ ९००१ः२०१५ विश्वव्यापीरुपमै मान्यता प्राप्त स्तरिय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तराष्ट्रिय मानकीकरण संगठन (ISO) द्वारा प्रतिपादित र प्रकाशित एक प्रभावशाली मानक हो, जसबाट प्रमाणित संस्थाले प्रदानगर्ने वस्तु वा सेवाले स्तरीय व्यवस्थापनका माध्यमबाट आफ्ना ग्राहकहरुको आवश्यकता सन्तोषजनकरुपमा परिपूर्ति गर्ने गर्दछन् ।

आइ.एस.ओ ९००१ः२०१५ प्रमाण–पत्र नं 120057/A/0001/UK/En संयुक्त अधिराज्य स्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स्’ र ‘युनाइटेड किङ्गडम एक्रिडिटेसन सर्भिस (UKAS)' द्वारा हिमालय एअरलाइन्स्लाई प्रदान गरिएको थियो । व्यवस्थापन प्रक्रियाका सुक्ष्म आयामहरु, मापदण्डहरु पूरा गर्दै हिमालयले सफलतापूर्वक परिक्षणका सबै प्रक्रियाहरु पूरा गरेको र कम्पनीको समग्र व्यवस्थापन प्रणाली बैधानिक एवम् नियामकता सम्बन्धी महत्वपूर्ण सबै मापदण्ड अनुरुप भएका प्रमाणित गर्दै एअरलाइन्स्ले यो प्रमाणिकरण प्राप्त गरेको हो ।

आफ्नो व्यवस्थापकीय समूहलाई बधाई ज्ञापन गर्दै हिमालय एअरलाइन्स्का अध्यक्ष श्री झो एन्योङ्गले हिमालयका लागि आइ.एस.ओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्तगर्नु अत्यन्तै गर्वको अवसर हुनुका साथै सबैको सामूहिक प्रयासको उत्कृष्ट प्रतिफल भएको उहाँले बताउनुभयो । आफ्ना कम्पनीका लागि यो एक निरन्तर प्रक्रिया रहेको र आगामी दिनमा पनि व्यवस्थापनलाई अझै परिस्कृत पार्ने, सेवाका स्तरहरु उकास्ने र आवश्यक सबै नीति–नियमहरुको उचित अनुपालन गर्दै स्तरीय व्यवस्थापनमा अझै जोडका साथ लागिपर्ने प्रतिवद्धत्ता समेत उहाँले दोहो¥याउनुभयो ।

हिमालय एअरलाइन्स्का उपाध्यक्ष श्री विजय श्रेष्ठले हिमालय व्यवस्थापन टोलीका लागि यो वास्तवमै एक उल्लेखनीय उपलब्धी भएको बताउनुभयो । कम्पनीका सबै तहमा उच्चस्तरकोे कार्य प्रणाली अपनाउँदै, तिनलाई कायम राख्दै सम्बद्ध सबैको संयुक्त योगदान र प्रयासबाट हिमालयले आइ.एस.ओ. प्रमाण पत्र प्राप्तगर्न सफल रहेको उहाँले बताउनुभयो । यसले हिमालयको उच्चस्तरको कार्य क्षमता तथा कार्य प्रणालीको प्रदर्शन गर्दै स्तरिय व्यवस्थापन प्रतिको आफ्नो निरन्तर प्रतिबद्धत्तालाई पुष्टि गरेको समेत उहाँले बताउनुभयो ।

हिमालय एअरलाइन्स् प्रा.लि.को बारेमा
नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स्, अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो । ‘हिमालय’ शब्दले नेपालको पहाडहरुलाई संकेत गर्दछ, जुन देशको नाम उँचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एअरलाइन्स् उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आकांक्षा राख्दछ । सुरक्षा, भरपर्दाे सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्स्ले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ ।

एउटा विमान र एउटा गन्तव्यबाट संचालन सुरु गरेको एअरलाइन्स्ले छोटो अन्तरालमै आफ्नो स्वामित्वमा चारवटा जहाज कायम गर्न र सातवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । एअरलाइन्स्ले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एशियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको छ जस्तैः युएई, मलेशिया, साउदी अरेबिया, बंगलादेश र चीन ।

अहिले हिमालय एअरलाइन्स्ले अबुधाबी, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियाधमा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने हिमालय एअरलाइन्स् एक मात्र एअरलाइन्स् हो र हाल चीनमा उडान भर्ने पनि एक मात्र नेपाली एअरलाइन्स् हो ।

हिमालय एअरलाइन्स्ले अहिले १८० इकोनोमी क्लास सीट भएका तीन एअरबस् ३२०–२१४ सिरिज र एक एअरबस् ३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ । निकट भविष्यमा एअरलाइन्स्को ल्हासा लगायत दक्षिण एशियाको अन्य प्रमुख शहरहरूमा सेवा सञ्चालन गर्ने योजना छ ।

व्यावसायिक रुपमा संचालन सुरु गरेको एक बर्षमै हिमालय एअरलाइन्स्ले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स् इन साउथ एशिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो । भर्खरै अगस्त २०२० मा हिमालय एअरलाइन्स्ले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ हासिल गर्न सफल भएको छ । हिमालयको कार्बन डाइअक्साइड उत्सर्जन डाटा ICAO मान्यता प्राप्त CORSIA मार्फत शून्य डाटा ग्याप र शून्य निष्कर्षहरू प्रमाणित गरिएको थियो, जसले वायुमण्डलमा कार्बन फुटप्रिन्ट घटाउनको लागि सक्रिय रूपमा योगदान पु¥याएको छ ।

हिमालय एअरलाइन्स् उत्कृष्टता प्राप्त गर्न र उड्डयन क्षेत्रमा उच्च वृद्धि गर्न निरन्तर गुणस्तरीय सेवाको विकास र सञ्जाल विस्तार गर्न अथक प्रयासमा लागि परेको छ । हिमालय एअरलाइन्स्को परिवार बहुसांस्कृतिक र विविध पृष्ठभूमिबाट गठन भएको छ र ‘अतिथि देवो भवः’ ग्राहक नै भगवान भन्ने बर्षौं पुरानो परम्परालाई मनन् गर्दै विशुद्ध नेपाली सत्कारसहित उच्च गुणस्तरीय ग्राहक सेवा उपलब्ध गराउन प्रतिबद्ध छ ।

सम्बन्धित खबरहरु