वाशिंगटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले जो कोहीले सोच्नै नसक्नेगरी गाली शब्द बोलेका छन् ।

अमेरिकामा बढ्दो महंगीका बारेमा समाचार सोध्ने पत्रकारलाई उनले गाली शब्द बोलेका हुन् ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा बाइडेनले एकजना पत्रकारलाई “stupid son of a bi*ch” सन अफ बीच अर्थात् बोक्सीको छोरा भन्दै गाली गरेका छन् । यो खबर अहिले अन्तर्राष्ट्रिय मिडियाभरी फैलिएको छ ।

फक्स न्यूज रिपोर्टर पिटर डुसीले बाइडेनलाई देशमा लगातार बढिरहेको महंगीबाट मध्यावधी निर्वाचनमा बाइडेनको पार्टीलाई कति नोक्सानी हुनेछ ? भनेर सोधेका थिए ।

बाइडेनले यसबाट नोक्सानी नभएर फाइदा हुने बताए । अनि उनले पत्रकारलाई स्टुपिड सन अफ बीच भन्दै गाली गरे ।

बाइडेनले पत्रकारलाई गाली गरेको यो पहिलोपटक होइन । यसअघि पनि फक्स समाचारकै एकजना महिला रिपोर्टरले युक्रेन मामिलामा प्रश्न गरेपछि उनी रिसाएका थिए । उनले मुर्खहरुको जस्तो कुरा नगर्न ती रिपोर्टलाई गाली गरेका थिए ।

जो बाइडेन सत्तामा आएको एक वर्ष पुरा भइसकेको छ । उनका कैयन निर्णयमाथि यो अवधिमा प्रश्नचिन्ह उठेको छ ।

अफगानिस्तानबाट सैनिक फिर्ता गर्ने उनको निर्णय सबैभन्दा बढी आलोचना भएको थियो । बिहिबार उनले अफगानिस्तानमा कुनै पनि सरकार सफल हुन नसक्ने बताएका थिए ।

सम्बन्धित खबरहरु