काठमाडौ । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको थियो ।

संक्रमणका कारण विगत चार दिनदेखि भक्तपुर, बालकोटस्थित आफ्नो निवासमा आराम गरिरहनुभएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै अधिकारीले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउनुभएको छ ।

उहाँले विज्ञप्तिमा लेख्नुभएको छ अध्यक्ष कमरेडको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका सबै दिदीबहिनी तथा दाजुभाइहरुलाई हाम्रो पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । विगत चार दिनदेखि भक्तपुर, बालकोटस्थित आफ्नो निवासमा आराम गरिरहनुभएको छ ।

 

सम्बन्धित खबरहरु