काठमाडौं । भारत, हरियाणाको रोहतक जिल्लामा एक व्यक्ति, उनकी श्रीमती र भतिजालाई अर्कोतर्फका मानिसहरूले छुरा प्रयोग गरी घाइते बनाएका छन् ।

सडकमा भैँसी नुहाउने विषयमा दुई परिवारबीच झगडा भएको हो । अन्य परिवारका मानिसहरूले जम्मा भएर तीन जनालाई छुरा प्रयोग गरी कुटपिट गरेका हुन् । झगडीया परिवारकी केटी आफैंले भान्साबाट छुरी ल्याई बाबु र भाइलाई दिएकी थिइन् ।

गम्भीर घाइते महिला र काका–भतिजाको पिजीआईमा उपचार भइरहेको छ । यसैबीच पीडित पक्षको उजुरीका आधारमा प्रहरी चौकी कलनौरले अर्को पक्षविरुद्ध मुद्दा दर्ता गरी अभियुक्तको खोजी गरिरहेको छ ।

रोहतकको गुधान गाउँका दुष्यन्तले प्रहरीलाई भने अनुसार बुधबार बिहान उनको काकी सुमन र उनी सडकमा भैँसी नुहाउँदै थिए । नजिकै छिमेकी परिवारका मुखिया सिंहरामले पनि भैंसी नुहाइरहेका थिए ।

जब भैंसीको पानी उनको भैंसीतिर आउँदै थियो, उनकी काकीले सिंहलाई सम्झाउन खोजिन् । उनले भनिन्, ‘तपाईंको भैंसीलाई अलिकति छेउमा नुहाओस् ।’

त्यस कुरामा सिंहरामले झगडा गर्न थालेपछि उनका छोरा मोहित, श्रीमती कविता, छोरी सोनियालगायत ७–८ जना आफन्त घटनास्थलमा पुगेर बबाल मच्चाएका हुन् । सोनिया आफ्नो घर गइन् र भान्साबाट दुईवटा चक्कु उठाइन् र बुबा सिंहराम र भाइ मोहितलाई दिइन् ।

उजुरीकर्ता दुष्यन्तले आरोपित बाबु–छोराले चक्कु लिएर आफूहरुमाथि खनिएको बताएका छन् ।

पहिला सुमनको पेटमा छुरा प्रयोग भयो । त्यही क्रममा उनको घाँटीमा प्रयोग गर्न खोजियो, उद्धार गर्न आएका काका नरेन्द्रलाई पनि आरोपीले छुरी नै प्रयोग गरेका छन् ।

जसकारण उनी बेहोस भए । त्यसपछि सबै अभियुक्तहरूले मिलेर रगत लतपतिएका तीनैजनालाई थप कुटपिट गरेका हुन् । घटनास्थलमा आएका गाउँले देखेर ज्यान लिने धम्की दिँदै आरोपी भागेको उजुरीमा उल्लेख छ ।

आफन्तले घाइतेलाई पीजीआई अस्पताल ल्याएका छन् । काका र काकीको अवस्था चिन्ताजनक रहेको छ । घटनामा संलग्न अभियुक्तको खोजी भइरहेको छ । उनीहरु छिट्टै पक्राउ पर्ने प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु