काठमाडौ । लोक सेवा आयोगले ४८२ अधिकृतलाई नियुक्तिको सिफारिस गरेको छ ।

निजामति, संसद्, नेपाल वन सेवा लगायतमा आयोगले ४८२ अधिकृतलाई नियुक्तिको लागि सिफारिस गरेको हो ।

लिखित र अन्तर्वार्ता समेत सकिएको अवस्थामा समायोजन विवादमा सर्वोच्च अदालतको आदेशका कारण चार महिनादेखि नतिजा प्रकाशन रोकिएको थियो ।

सर्वोच्चले माघ १२ गते नतिजा प्रकाशन गर्न आयोगलाई परमादेश जारी गरेको थियो । सोही अनुसार आयोगले आज नतिजा प्रकाशन गरेको हो ।

सम्बन्धित खबरहरु