काठमाडौं । चर्चित बलिउड अभिनेत्री उर्वशी रौटेला समय समयमा आफ्नो बयान र फेशनका कारण चर्चामा रहने गरेकी छिन् । यो बीचमा उनी आफ्नो सुन्दरतालाई ६४ करोडको पहिरनले सुनमा सुगन्ध थपेपछि चर्चित भइन् ।

६४ करोडको पहिरनको सुन्दरतामा उनका प्रशंसकहरु मोहित बनेका हुन् । हालै, उर्वशी अरब फेसन वीकमा समावेश भएकी थिइन् । उनी अरब फेसन वीकमा दोस्रो पटक समावेश हुने पहिली भारतीय महिला बनेकी छिन् । अहिले उनको पहिरनको चर्चा भने निकै चुलिएको हो ।

उर्वशीले यो अरब फेसन वीकमा हाई थाई स्लिट गोल्डन गाउन लगाएकी छिन् । हिराले जडित सो गाउनमा उर्वशी कुनै महारानी भन्दा कम देखिएकी छैनन् । टाउकोदेखि खुट्टासम्म गहनाले बनेको गाउनमा उर्वशी सजिएकी थिइन् । उनको यो गाउनको मूल्य ६४ करोड रहेको छ ।

जसले सबैलाई चकित बनाएको छ । उनले आफ्नो तस्विर र भिडियोलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छिन् । उनले तस्विरमा आज मेरो मन मेरो देश (भारत)को लागि कृतज्ञता र भावनाले भरिएको भनेकी छिन् ।

सम्बन्धित खबरहरु