काठमाडौ । हिजो राति सुतेर आज दूध किन्न बिहान पुगेकाहरुका लागि मूल्य बढेको छ ।

सरकारले दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेसँगै मूल्य बढेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग महतराजले जानकारी दिनुभयो ।

यसअघि दूधकको मूल्य प्रतिलिटर ४९.५२ रुपियाँ थियो । बैठकले दूधको मूल्य ५६.०४ रुपियाँ कायम गरेसँगै १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपियाँले दुधको मूल्य वृद्धि भएको हो । यही मूल्य अहिले बजारमा कायम छ ।

१२ वर्षमाथिका बालबालिकालाई प्रभावकारी खोप लगाउन माग

काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

सिजपका अध्यक्ष राजेश शर्मा र मीना शर्माले सोमबार विज्ञप्ति जारी गरी १२ देखि १८ वर्ष उमेर समूहका अझै ५० प्रतिशत बालबालिकालाई खोप लगाउन बाँकी रहेकाले सोबारे बालमैत्री सूचना प्रवाह गर्न माग गर्नुभएको छ ।

विज्ञप्तिमा युनिसेफ तथा नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयहरूलाई बालबालिकालाई दिइने कोभिडविरुद्धको खोपका लागि नेपाललाई प्राथमिकरणको पहल गरिदिन पनि आग्रह गरिएको छ ।

सम्बन्धित खबरहरु