काठमाडौं । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफले विहे गरेको धेरै समय भएको छैन् ।

यो बीचमा उनीहरू मातापिता बन्न लागेको खबर आएको छ । कौशलले हालै आफ्नो आगामी फिल्मको सुटिङ पूरा गरेका छन्, जसमा विक्कीसँग सारा अली खान देखिनेछन् ।

दुवै कलाकारले इन्दौरमा आफ्नो आगामी फिल्मको सुटिङ पूरा गरेका छन् । तर अहिले विक्की कौशल आफ्नो काम सकेर मुम्बईस्थित आफ्नो घर फर्किएका छन् ।

विक्की कौशलले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेका थिए । त्यसै क्रममा अभिनेताले आफ्नो एक आकर्षक तस्विर सेयर गरे तर यो तस्विरभन्दा पनि विक्की कौशलको क्याप्सन चर्चामा छ ।

किनभने यो क्याप्सन पढेपछि मात्रै फ्यानले अभिनेतालाई पिता बन्न सल्लाह दिइरहेका छन् । वास्तवमा विक्की कौशलले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा आफ्नो तस्विर सेयर गरेका छन् ।

उक्त तस्विरमा विक्की कौशल एकतर्फी अनुहार घुमाएको देख्न सकिन्छ । तर तस्विरमा उनको स्टाइल सबैलाई हैरान बनाउन पर्याप्त छ । विक्की आफ्नो नयाँ लुक्समा निकै सुन्दर देखिएका छन् ।

यो तस्विरसँगै विक्की कौशलले क्याप्सनमा लेखेका छन्, ‘अर्को के ?’ विक्की कौशलको यो तस्विरलाई फ्यानले निकै मन पराएका छन् । तर उनको क्याप्सनमा सबैले आ–आफ्नो प्रतिक्रिया दिएको देखिन्छ ।

विक्की कौशलको यो क्याप्सनपछि मात्रै फ्यानले उनलाई बुबा बन्न सल्लाह दिइरहेका छन् । धेरै फ्यानले कमेन्ट बक्समा ‘बेबी’ लेखेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘बच्चा जन्माउ, अरू के ?’ अर्का प्रयोगकर्ताले लेखे, ‘सन्तान उत्पादनको योजना ।’

त्यही क्रममा अर्का प्रयोगकर्ताले लेखे, ‘किड्स विथ कट्रिना ।’ यति मात्र होइन, एक प्रयोगकर्ताले लेखे, ‘विवाहको यति छोटो समयबाट समस्यामा पर्नुभयो ?’ केहीले विक्कीको यी शब्द कट्रिना कैफ गर्भवती भइसकेको संकेत हो भन्दै प्रतिक्रिया दिएका छन् ।

उक्त प्रतिक्रियाले हंगामा मच्चिएको छ । केहीले कट्रिना कैफ गर्भवती भएपछि नै हतारमा कोरोना कहरमा नै विहे गरेको आशंका समेत गरेका छन् । फ्यानहरूले यस्ता धेरै टिप्पणी गरेका छन् । विक्की कौशल र कट्रिना कैफले ९ डिसेम्बर २०२१ मा राजस्थानमा धूमधामका साथ विवाह गरेका थिए ।

कोरोनाका कारण दुवैले केही आफन्तलाई बोलाएर विवाह गरेका थिए । उनीहरूको विवाहमा परिवारका सदस्य र नजिकका साथीहरु मात्रै सहभागी भएका थिए । कट्रिना र विक्कीले विवाहपछिका धेरै तस्विर शेयर गरेका छन् ।

कामको कुरा गर्दा विक्की कौशल अन्तिम पटक ‘सदर उधम’ मा देखिएका थिए, जुन अमेजन प्राइम भिडियोमा स्ट्रिम भयो । उनको आगामी फिल्महरूको कुरा गर्दा उनी ‘गोविन्द नाम मेरा‘, ‘साम बहादुर’ र ‘द ग्रेट इन्डियन परिवार’ मा देखिनेछन् ।

सम्बन्धित खबरहरु