काठमाडौ । नेपाली फुटबल टोलीका कप्तान किरण चेम्जोङ चम्किदा नेपाली टोलीले लगातार दोस्रो अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ ।

किरणको शानदार प्रर्दशनले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले जितेको हो । नेपालले १–० ले मरिसस हराएको हो । यो दुई वटा खेलको नतिजाले नेपाललाई निक्कै महत्व राखेको छ । फिफा बरियतामा नेपालको स्थान सुधार हुनेछ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले ११औं मिनेट गोल गरेर देशलाई अग्रता दिलायो । नेपाली टोलीले सुजल श्रेष्ठको गोलमार्फत अग्रता लिएको थियो । सोही गोलले नै नेपाललाई विजयी बनायो ।

गत शनिबार भएको पहिलो खेल जितेको नेपालले दोस्रो खेलमा पनि राम्रो सुरुवात गरेको छ । निर्धारित समय सकिएपछि ८ मिनेट समय थप गरिएको थियो । थपिएको ८ मिनेटमापनि नेपालले मरिससलाई रोक्यो ।

खेलको १३औं मिनेटमा मरिससले पाएको पेनाल्टी नेपालका गोलकिपर किरण चेम्जोङले जोगाउदै बराबरी गोल हुनबाट बचाएका थिए । उनको रक्षात्मक प्रर्दशन विश्वभरी नै प्रसंशा भइरहेको छ ।

खराब प्रकाशका कारण खेल केही समय रोकियो । पहिलो हाफपछि खेल निक्कै तनावमा आएको थियो । नेपालका एक खेलाडीलाई पहेलो र एक अफिसियललाई रातो कार्ड दिइयो । मरिससका दुई खेलाडीलाई पहेलो कार्ड दिइयो । नेपालका नविन गुरुङ्गले आजको खेलबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरे ।

पेनाल्टी समेत जोगाएर अन्तर्राष्ट्रिय खेलमा इज्जत बढाएका छन् । किरण चेम्जोङ बारम्बार एसियामा साताको उत्कृष्ट खेलाडी बन्न सफल खेलाडी हुन् । उनले नेपालीको मात्र हैन विश्वकै खेलप्रेमीको मन जितिरहेका छन् ।

सम्बन्धित खबरहरु