NOTICE DETAILS

Exam Schedule: 4 Years B.Sc., B.B.S. & B.Ed. 4th. Year 2078(REVISED-2078/10/19)

त्रिभुवन विश्वविद्यालय

परीक्षा नियन्त्रण कार्यालय, बल्खु

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७८ सालमा संचालन हुने २०७८ सालको वार्षिक परीक्षा अन्र्तगत विज्ञान तथा प्रविधि अध्ययन संस्थान, तर्फको ४ वर्षे वी.एस्सी, चौथो वर्षका नियमित तथा आंशिक  परीक्षा दिने परीक्षार्थीहरुको स्थगित परीक्षा निम्न कार्यक्रमानुसारसंचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा समयः १२ः.०० बजेदेखि ३.०० बजेसम्म

4 Year's B. Sc. IV Year

Date Subjects/Code No.
2078/11/01   Code No. 404;  Mathematics                   
2078/11/03 Code No. 403 ; Bot./Chem/Env.Sc./Geology/Metrology/Math./Microbiology/Physics/StatÖZoology.
2078/11/05 Code No.405;   Bot. Chem.Env. Sc.Geology Meteorology Math. Microbiology Physics Stat. Zoology
2078/11/08 Code No. 408; Math  -Mathematical Economics_ Code No. 409 ;  Math  -Mathematical Modeling
2078/11/10 Code No. 407;  Bot. Chem.Env. Sc.Geology Meteorology Math. Microbiology Physics Stat. Zoology
2078/11/12  Code No. 402; Mathematics

द्रष्टव्यः

  1. उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूका निमित्त पुनः अर्काे व्यवस्था गरिने छैन ।
  2. कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन ।
  3. परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा ध्भदकष्तभ मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनु पर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ ।
  4. प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला ।
  5. परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरू परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ ।
  6. सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ ।
  7. परीक्षा भवनभित्र मोबाइल फोन,स्मार्ट वाच,व्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाइनेछैन । अन्यथा केन्द्राघ्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ ।
  8. परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि.वि अन्तर्गतका नियमहरु तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरुमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्स कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन ।
  9. तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वत ः रद्द हुनेछ ।
  10. परीक्षा केन्द्रमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी परीक्षा संचालन गर्न सूचित गरिन्छ । कोभिड संक्रमित परीक्षार्थीहरुको हकमा ७२ घण्टा भित्रको आधिकारीक प्रयोगशाला वाट प्रमाणित रिपोर्टको आधारमा मात्र छुट्टै कोठामा राखी परीक्षामा सहभागी गराउनु पर्नेछ ।

परीक्षा नियन्त्रक

सम्बन्धित खबरहरु