काठमाडौ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताबारे भ्रम छरेको आरोप लगाउनुभएको छ ।

आफूले गठबन्धन बैठकमै एमसिसी कार्यान्वयनमा लैजान आग्रह गरेको तर बैठकमा एउटा कुरा बाहिर अर्को कुरा गरेर प्रचण्ड र माधवले विवादमा ल्याएको पौडेलको भनाई छ ।

पौडेल गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिका संयोजक समेत हुनुहुन्छ ।

‘मैले गठबन्धन बैठकमा नै भने, एमसिसीका बारेमा आमजनतालाई कन्भिन्स गराउनुभयो, अब मलाई कन्भिन्स गराउनुस्। होइन भने कार्यान्वयनमा लैजाऔं,’ गण्डकी प्रदेश कांग्रेस पार्टी कार्यालय उद्घाटन गर्दै आज पौडेलले भन्नुभयो, ‘मुलुकको अर्थतन्त्र चल्नै नसक्ने अवस्थामा पुग्यो।

ठूला विकास आयोजना ठप्प छन् यसले पनि मुलुक असफलतातर्फ धकेलिन्छ।’ यसैले एमसीसी अनुमोदन गरौँ मैले भनिसकेको छ ।

अध्यक्ष प्रचण्ड र नेपालले एमसिसीबारे भ्रम छरेको उहाँको आरोप छ । यद्यपी उहाँले गठबन्धनलाई भने चुनावसम्म लैजानुपर्ने धारणा राख्नुभयो ।

हुन त नेताहरु आफै गठबन्धनमा बस्नै नसक्ने खालको बन्न थाल्नुभयो । म चै भन्छु चुनावसम्म जाऔँ । कांग्रेससँग ३० प्रतिशत मात्रै मत रहेको बताउँदै उहाँले ७० प्रतिशत मत भएका पार्टी एक ठाउँमा जान सक्ने भएकोले गठबन्धन आवश्यक परेको तर्क गर्नुभयो । गठबन्धन गरेर राष्ट्रिय सभामा कांग्रेसले ६ सदस्य पाएको उहाँको भनाइ थियो।

 

सम्बन्धित खबरहरु