काठमाडौं । भारत, राजस्थानका राजनीतिज्ञ र नोकरशाह (कर्मचारी) हरूलाई ग्ल्यामरले सधैं आकर्षित गरेको छ ।
सुन्दरीको जालमा फसेका धेरै ठूला राजनीतिज्ञ र नोकरशाह जेल समेत परेका छन् । जोधपुरको एक होटलबाट हाम फालेर जीवन त्यागको प्रयास गरेकी मोडलले धेरै चकित पार्ने खुलासा गरेकी छन् ।
जसमा राजस्वमन्त्री रामलाल जाटलाई हनिट्र्याप गर्ने प्रयास भएको खुलासा भएको छ । राज्यमा यो पहिलो घटना होइन । यसअघि पनि मन्त्री, विधायक, आईएएस, आईपीएस यस्ता काण्डमा फसेका छन् ।
राज्यमा धेरै चर्चित स्क्यान्डलहरू आएको थियो । जसमा २ मन्त्री र १ विधायक जेल परेका छन् । आफ्नी प्रेमिकाको ब्ल्याकमेलिङबाट चिन्तित एक सक्षम आरपीएस अधिकारीले आफैलाई गोलीबाट ज्यान लिन पुगेको घटना पनि सेलाएको छैन ।
प्रहरी जवानकी श्रीमतीलाई करणी गरेको अभियोगमा एकजना आईपीएस अधिकारी २४ वर्षदेखि फरार छन् । यति मात्र होइन, एक आईएएसमाथि एमबीए गरिरहेकी युवतीलाई करणी गरेको आरोप लागेको छ ।
उनी पनि वर्षौंदेखि फरार थिए । भंवरीदेखि जयपुर प्रकरणसम्म काण्डको शृंखला राज्यमा सबैभन्दा चर्चित यौन स्क्यान्डल भंवरी प्रकरण थियो ।
एएनएमबाट अभिनेत्री बनेकी भंवरीको राजनीतिमा प्रवेश गर्ने आकांक्षाले यौन स्क्यान्डल निम्त्यायो, जसमा धेरै बलियो राजनीतिज्ञ र विधायकहरूले जेल सजाय भोग्नुपरेको थियो ।
नोकरशाह र राजनीतिज्ञको यस्तो कमजोरीको फाइदा उठाउन यौनकाण्ड गर्ने गिरोह फेरि सक्रिय भएको छ ।