काठमाडौं । भारत, कर्नाटकका कलेजहरूमा हिन्दू–मुस्लिम विद्यार्थीहरू हिजाब र भगवा स्कार्फको विवाद थप चर्किएको छ ।

चर्को साम्प्रदायिक तनावको बीचमा, कर्नाटकको मण्ड्यामा बुर्का लगाएकी एक मुस्लिम छात्रालाई केही व्यक्तिहरूले दुर्व्यवहार गर्दा विरोध प्रदर्शनहरू अझ संवेदनशील बन्यो ।

कलेजमा यी छात्राको अगाडि भगवा पट्टी लगाएका केटाहरूको ठूलो समूहले जय श्री रामको नारा लगाए र ति छात्राविरुद्ध टिप्पणी पनि गरेका थिए । यो घटना प्रि–युनिभर्सिटी कलेज, माण्डामा देखिएको हो ।

सार्वजनिक भएको भिडियोमा दुवै पक्ष आमुन्ने–सामुन्ने भएका छन् ।

भिडियोमा एक युवतीले आफ्नो स्कुटर पार्क गरेर कलेज भवन तर्फ लागेकी थिइन्, तब भगवा पट्टी लगाएका केटाहरूको समूह ‘जय श्री राम’ नारा लगाउदै बुर्का लगाएकी युवतीतर्फ अघि बढ्यो ।  जवाफमा मुस्लिम युवतीले पनि ‘अल्लाह हु अकबर’को नारा लगाइन् ।

त्यसपछि केटी चिच्याउदै कक्षा तर्फ दौडिन्छन् र केटाहरुको एउटा समूह उनको पछिपछि दौडिन्छ । यसैबीच कलेजका कर्मचारीले केटाहरूलाई रोकेर केटीलाई लिएर गएको देख्न सकिन्छ ।

सम्बन्धित खबरहरु