काठमाडौ । पैसाले मानिसलाई कहाँ–कहाँ पुर्याउँछ त्यो कल्पनापनि गर्न सकिन्न । कानुन पढेर वकिल, न्यायाधीश बन्ने सपना बोकेकी एक किशोरी एकाएक पोर्न स्टार बनिन् ।

पैसाकोपछि लागेर किशोरी कानुनमा दक्ष बन्ने उदेश्यलाई ब्रेक गरेर पोर्न उद्योगमा पुगिन् ।

उनको त्यो निर्णयले जीवनमा पैसा भने अथाह भयो तर परिचय भने बदलियो । अहिले उनी मात्र २६ वर्षकी छन् । तर सानो उमेरमै उनी करोडपति बनिन् ।

डेलीस्टारका अनुसार हाल २६ वर्ष उमेरकी स्कारलेट जोन्स कुनै समय कानुनकी विद्यार्थी थिइन् । त्यो समय उनीसँग पकेट खर्चका लागि पनि पैसा हुँदैनथ्यो ।

उनको कलेजका धेरै साथीहरु पकेट खर्चका लागि पार्टटाइम जागिर गर्दथे । स्कारलेटले पनि पार्टटाइम जागिर गर्ने सोच बनाइन् । उनी त्यस्तो जागिर गर्न चाहन्थिन् जसले उनको पकेट खर्च र कलेजको शुल्कको पैसा कमाउन सकिन्थ्यो ।

त्यसपछि स्कारलेटले पोर्न उद्योगको बाटो तय गरिन् । उनले जुन बाटो रोजिन् त्यो सम्मानजनक थिएन तर उनको आवश्यकता पूर्ति गर्नमा त्यो बाटो निकै सहयोगी बन्यो ।

उनमा पोर्न उद्योगको यस्तो लगाव बढ्यो कि त्यसबाट बाहिर निस्किनै सकिनन् । सुरुमा उनले स्थानीय एक नग्न क्लबका लागि काम गरेकी थिइन् ।

स्कारलेटले एक पडकास्ट शोमा पोर्न उद्योगबारे खुलेर कुराकानी गरेकी थिइन् । आफ्ना सहपाठीहरुबाट उक्त स्ट्रिप क्लबका बारेमा आफूले थाहा पाएको उनले बताएकी थिइन् ।

त्यसपछि इन्स्टाग्राममा समेत देखेर प्रभावित हुँदै उनी उक्त नग्न क्लबमा काम गर्न गइन् । त्यसपछि उनले टेलिभिजनमा पनि काम सुरु गरिन् र अन्ततः व्यवसायिक पोर्नस्टार बनिन् ।

उनले ठूला–ठूला पोर्न फिल्मका परियोजनामा पनि काम गरिन् । ती करार सम्झौतामा अनेक अनौठा शर्त हुन्थे जसमा कपालको रङ बदल्न नपाइनेदेखि शरीरमा अनुमति बेगर टाटु बनाउन नपाइने सम्मका शर्त थिए । उनलाई ती सबै शर्त मञ्जुर भए ।

अहिले उनी आफ्नो करिअरलाई लिएर खुसी रहेको बताउँछिन् । २१ वर्षको उमेरमै आलिशान बंगला खरीद गरेकी स्कारलेट अहिले करोडौंकी मालिक बनिसकेकी छिन् । –एजेन्सी

सम्बन्धित खबरहरु