संचिता पाठक । १८५७ को क्रान्तिलाई भारतको पहिलो स्वतन्त्रता संग्राम भनिन्छ। यो क्रान्तिलाई इतिहासमा यही नामले लेखिएको छ ।

भारतीय इतिहासमा यस्ता धेरै राजा र सम्राटहरू छन् जसले स्वतन्त्रता संग्राममा विदेशी सेनालाई यहाँको माटोमा सजिलैसँग पाइला राख्न दिएनन्।

भारतीय इतिहासमा राजा, राजकुमार, सम्राटका बारेमा धेरै कथा प्रचलित छन् । तर रानीहरूको बारेमा थोरै चर्चा छ। भए पनि नाममा मात्रै ।

जबकी सत्य यो हो कि धेरै वीर नारीहरूले भारतको भूमिमा जन्म लिए र यसको रक्षाका लागि हाँस्दै आफ्नो जीवन बलिदान दिए। रानी वेलु नाचियार पनि यस्तै वीर रानी थिइन् । जसले रानी लक्ष्मीबाईलाई धेरै अघि अंग्रेजबाट बचाएको भनिन्छ ।

को थिइन् रानी वेलु नाचियार ?
रानी वेलु नाचियार तमिलनाडुको शिवगंगाई क्षेत्रको माटोमा जन्मिएकी थिइन् र बेलायतसँग युद्ध जित्ने पहिलो रानी थिइन्। उनले झाँसीकी रानी लक्ष्मीबाईभन्दा धेरै अगाडि अंग्रेजहरूसँग लडेको इतिहास छ ।

अंग्रेजहरूलाई उनको नेतृत्वमा चना चबाए झै चबाएको इतिहास छ । तमिलहरूले उनलाई वीरमांगाई (बहादुर महिला) भनेर बोलाउँछन्। मिडिया रिपोर्टका अनुसार उनको जन्म ३ जनवरी १७३० मा रामनाद साम्राज्यका राजा चेल्लमुत्थू विजयरागुनाथ सेथुपति र रानी स्कंधीमुत्थलको घरमा भएको थियो।

कुनै पनि राजकुमार जस्तै, रानी वेलु मार्शल आर्ट, घोडा सवारी, धनुर्विद्या र विभिन्न प्रकारका हतियारहरूमा प्रशिक्षित थिइन् । यसबाहेक उनलाई अंग्रेजी, फ्रेन्च र उर्दू जस्ता धेरै भाषाहरू पनि सिकाइएको थियो।

१७८६ मा, जब वेलु नाचियार १६ वर्षकी भइन्, उनको विवाह शिवगंगा राजा मुथुवदुगनाथपेरिया उदयैथेवरसँग भयो। दुबैको एउटी छोरी थियो, जसको नाम वेल्लाची थियो। झण्डै २ दशकसम्म शान्तिपूर्ण शासन गरेपछि अंग्रेजको नजर यो राज्यमा पर्यो ।

शिवगंगामा ब्रिटिश आक्रमण

१७७२ मा, ईस्ट इन्डिया कम्पनीको ब्रिटिश सेना र अर्कोटको नवाबको सेनाले मिलेर शिवगंगाईमा आक्रमण गरे। कलैयार कोली युद्ध भनेर चिनिने यस युद्धमा वेलु नाचियारका श्रीमान् र अन्य धेरै सैनिक मारिए।

त्यो समयको सबैभन्दा विनाशकारी युद्ध मध्ये एक थियो। अङ्ग्रेजी सेनाले कसैलाई पनि छोडेनन्, केटाकेटी, वृद्ध, महिला सबै मारिए। भेलु नाचियार र उनकी छोरी सकुशल भाग्न सफल भए ।

वेलु नाचियार, उनकी छोरी वेल्लाची शिवगंगाका मारुतु दाजुभाइ र केही अन्यको सहयोगमा तमिलनाडुको डिन्डिगुलमा गोपाला नायकरको घरमा सरिन्। यहाँ बसेर, रानीले अंग्रेजहरूबाट आफ्नो राज्य फिर्ता लिने योजना बनाइन् र धेरै शासकहरूसँग मित्रता बढाइन् ।

मैसूरका हैदर अलीसँग भेटघाट

फेमिनिज्म इन इन्डियामा प्रकाशित एउटा लेख अनुसार रानी वेलु कुनै पनि हालतमा आफ्नो माटोबाट अंग्रेजहरूलाई धपाउने मनसायमा थिइन्। डिन्डिगुलमा रहँदा नै उनले मैसूरका शासक हैदर अलीसँग भेट गरिन् । रानी वेलुले हैदर अलीलाई उर्दूमा कुरा गरेर आफ्नो शाहको परिचय दिएर चकित पारिन्।

हैदर अलीले अंग्रेजहरूसँग लड्न रानीलाई सबै सम्भव सहयोग गर्ने वाचा पनि गरे। हैदर अलीले रानी वेलुसँगको आफ्नो मित्रता प्रमाणित गर्न आफ्नो दरबार भित्र एउटा मन्दिर पनि बनाएका थिए।

सुल्तान हैदर अलीले उनलाई डिन्डिगुल फोर्टमा अतिथि बन्न निमन्त्रणा पठाए। हैदर अलीले पनि ४०० पाउण्ड रकम र ५०० सैनिक दिएर रानीलाई मद्दत गरे। रानी वेलु नाचियारले बिस्तारै आफ्नो सेना जम्मा गर्न थालिन् ।

नवाबको आदेशमा शिवगंगा फर्किए
अर्कोटका नवाबले राहतको सास फेर्न सकेनन्। द लजिकल इन्डियनको एक लेखका अनुसार उनका विरोधीहरु बढ्दै गएका थिए र यो निकै चिन्ताको विषय थियो ।

उनले रानी वेलु नाचियार, मारुतु भाइहरूलाई शिवगंगामा फर्कन र शासन गर्न निम्तो दिए, यदि उनीहरूले नवाबलाई निश्चित रकम दिए। रानी वेलु आफ्नी छोरी र मारुतु भाइहरूसँग शिवगंगा फर्किन् र १७८० मा, रानी वेलु नाचियार बनिन् र आफ्नो पतिको स्थानमा शासन गर्न थालिन्। वेल्लु मारुतु भाइहरूको कमाण्डर बने र चिन्ना मारुतु मन्त्री भए।

अंग्रेजहरु विरुद्ध लडाइँ
१७८० मा मात्रै रानी भेलु नाचियार र अंग्रेज सेना आमनेसामने भए । कल्चरल इन्डियाको एउटा लेखका अनुसार रानी वेलुलाई बेलायती गोला बारुद कहाँ राखिएको थियो भन्ने कुरा थाहा भयो । त्यसलाई निस्तेज पार्न आत्मघाती तरिका अपनाइन् ।

बहादुरीका साथ अंग्रेजहरू सखाप

रानीले कुशल रणनीति, मार्सल आर्टका साथ धेरै मानिसहरूमा देशभक्तिको भावना भरिन्। अंग्रेजहरूले शिवगंगा छोडेर भाग्नुपर्‍यो र उनीहरूले यो राज्यलाई फेरि कहिल्यै हेरेनन्।

रानी नाचियारले झण्डै एक दशक शिवगंगामा शासन गरिन् र छोरीलाई उत्तराधिकारी घोषणा गरिन् । हैदर अली र रानीबीच मित्रताको सम्बन्ध कायम रह्यो। रानी वेलु हैदर अलीका छोरा टिपु सुल्तानलाई भाइको रूपमा माया गर्थिन् ।

१७९६ मा रानी नाचियारको मृत्यु भयो । तर रानीले शिवगंगा र तमिल जनतामा अंग्रेजहरू विरुद्ध देशभक्तिको लागि बालेको ज्वाला बलिरह्यो । डिसेम्बर ३१, २००८ मा, भारतीय हुलाकले रानीको सम्मानमा एक हुलाक टिकट जारी गर्यो। प्रत्येक वर्ष जनवरी ३ तारिखलाई रानी वेलु नाचियारको जन्मजयन्तीका रुपमा मनाइन्छ ।

 

सम्बन्धित खबरहरु