काठमाडौं । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–८ बैजनाथपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

परिचय नखुलेका करिब २८ बर्षीय पुरुषको मृत्यु भएको हो।

शुक्रवार राति पौने ८ बजे प्रदेश २, ०२, ००४ प ६४३५ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका ती युवकलाई उपचारका लागि चपुरस्थित चन्द्रपुर अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै‚ मकवानपुरको गढी गाउँपालिका–२ ठूलो खोल्सीमा ट्रयाक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २१ वर्षीय सुशील विश्वकर्मा रहेका छन्।

ट्राक्टरसहित चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ।

 

सम्बन्धित खबरहरु