काठमाडौं । विवाहको गाडी दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

भारत, राजस्थान, कोटा जिल्लाको नयापुरा नजिकै चम्बल नदीमा कार खस्दा बेहुलासहित नौ जनाको मृत्यु भएको हो ।

खबर पाएर प्रहरी घटनास्थलमा पुगेर निगमका गोताखोरको सहयोगमा सबै शव बाहिर निकालेको थियो । गाडी माधोपुर जिल्लाको चौथका बर्वाराबाट उज्जैन जाँदै गरेको थियो ।

एउटै कारमा ९ जना सवार थिए, सबैको खोलामा डुबेर मृत्यु भएको हो । नयापुरा प्रहरी चौकीका अधिकारी भूपेन्द्रका अनुसार यात्रा चौथका बरवडाबाट बिहान तीन बजे उज्जैनको लागि प्रस्थान गरेको थियो ।

नयाँपुरा नजिकै डिभाइडर तोडेर कार चम्बल नदीमा खसेको हो । कारमा सवार बेहुला अविनाश वाल्मीकीसहित ९ बारातीको मृत्यु भएको छ ।

मृतकको शव एमबीएस अस्पताल कोटाको शवगृहमा राखिएको छ । राजस्थानका मुख्यमन्त्री अशोक गहलोत, कोटाका सांसद तथा लोकसभा अध्यक्ष ओम बिर्ला र राज्यपाल कलराज मिश्रले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

 

सम्बन्धित खबरहरु