काठमाडौं । गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेले एमसीसीविरुद्ध प्रदर्शनको क्रममा आन्दोलनकारीको ढुंगामुडाबाट प्रहरी घाइते भएकोमा आक्रोश व्यक्त गर्नुभएको छ ।

उहाँले प्रर्दशनकारीमाथी संगीन प्रश्न गर्नुभएको छ ।

सामाजिक सञ्जालमा आन्दोलनमा देखिएको दृष्यसहित स्टाटस लेख्दै उहाँले राष्ट्रसेवाको भावनाले जनताको सेवामा अहोरात्र खटिँदा प्रहरीको टाउको फुट्नुपर्ने किन भनी प्रश्न सोध्नुभएको हो ।

‘अवसर पाएको भए ठूलो जागिर खान्थ्यौं, विदेश पनि जान्थ्यौं, अथवा राजनीतिमा पनि हुन्थ्यौं‘।’,

सचिव पाण्डेले लेख्नुभएको छ, ‘राष्ट्रसेवाको भावनाले सानो ठूलो नभनी जसको सरकार भएपनि जनताको सेवामा अहोरात्र खटिँदा हाम्रो टाउको नै फुट्नु पर्ने किन ? (प्रहरीको पीडा)’

अमेरिकी सहायता परियोजना एमसीसी सदनमा टेबल भइसकेको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच सहमति भएर एमसीसी पेस गरिएकोमा माओवादी, नेकपा एसका भ्रातृ संगठनको एमसीसीविरोधी प्रदर्शनले पछिल्ला केही दिन सडक तताएको छ ।

नयाँ बानेश्वर क्षेत्रमा प्रर्दशनकारीहरुले सडक पेटीका ढुंगा इट्टा उठाएर प्रहरीमाथी प्रहार गरेका थिए ।

सम्बन्धित खबरहरु