काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसले अत्यन्त जरुरी सूचना जारी गरेको हो ।

क्याम्पसले इन्टर्नसिप विषयको मौखिक परीक्षा मिति तोकिएको सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।

जारी सूचनामा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा यस क्याम्पसमा एल.एल.बी. तेस्रो वर्षमा अध्यापन गराइने अनिवार्य विषय इन्टर्नसिपको मौखिक परीक्षा देहायतको मिति र समयमा हुने व्यहोरा सूचित गरिन्छ ।

मौखिक परीक्षामा सामेल हुने परीक्षार्थीहरुले मौखिक परीक्षाको मिति अगाडी नै आफ्नो निरीक्षकको हस्ताक्षर गराई मौखिक परीक्षाको समयमा इन्टर्नसिप एकप्रति र एल.एल.बी. तह तेस्रो बर्षको प्रवेशपत्र साथ तोकिएको मितिमा उपस्थित हुनुपर्नेछ ।’

साथै, निर्धारित समयमा अनुपस्थित हुने र निरीक्षकको हस्ताक्षर नगराई मौखिक परीक्षामा आउने परीक्षार्थीहरु मौखिक परीक्षामा सहभागि हुने पाउने छैनन् ।

सम्बन्धित खबरहरु