umlजनबोली न्युज डेस्क,काठमाडौं । संविधानसभामा जारी प्रक्रिया र विपक्षीको अबरोधका बारेमा समिक्षा गर्न तथा थप रणनीति तय गर्न सत्तारुढ नेकपा एमालेको स्थायी समिति बैठक बस्दैछ ।

पार्टी मुख्यालय बल्खुमा मध्यान्न बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा समिक्षा हुने जनाइएको छ ।

नेकपा एमालेले विपक्षी मोर्चाका दलहरुसँग सहमतिको प्रयास गरिने तर, फलदायी बन्ने अवस्था नआए जारी प्रक्रियालाई पनि नछोड्ने अडान राख्दै आएको छ ।

उस्ले अब कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्न बैठक राखेको हो । एमालेले माघ ८ मा फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदारले प्रस्तुत गरेको सहमतिको प्याकेजलाई टेकेर सहमति गर्न आफुहरु तयार रहेको बताउँदै आएको छ ।

यो प्रस्तावमा कांग्रेस एमालेले सहमति जनाएका छन् भने एमाओवादीले मानेको छैन । एमालेले सहमतिको अन्तिम प्रयत्नका रुपमा यो प्रस्तावमाथि छलफल गर्ने कि अर्को पस्ताव वनाउने भन्ने बारेमा पनि धारणा तय गर्ने छ ।

एमालेका केही नेताले गच्छदारको प्रस्तावलाई टेकेर सहमति गर्नुपर्ने बताए पनि केहीले भने यो प्रस्तावको चर्को विरोध गरेका छन् ।

आज बस्ने स्थायी समितिले संविधानसभाको प्रश्नावली समितिमा रहेका आफ्ना सभासदहरुलाई पनि केही निर्देशन दिने छ ।

सम्बन्धित खबरहरु