काठमाडौ । युएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै स्तब्ध बनेको छ । पहिलो ओभरमै लगातार २ विकेट र क्षणभरमा ३ विकेट गुमाएको छ।

ओपनर आशिफ शेख शून्य रनमा आउट भए। लगत्तै आएका लोकेश बम डक आउट भए। केही बेरमा नै जुनाइद सिद्धिकीले कुशल भुर्नेललाई समेत आउट गराए ।

पहिलो ओभरको चौथो बलमा जुनाइद सिद्धिकीको बलमा शेख एलबी डब्लु धरापमा परे। लगत्तै बलमा मोहम्मद वासिमले बमलाई क्याच आउट गराए।

आइसिसी टी–२० विश्वकप छनोटको सेमिफाइनलमा युएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ। ओमानको अल अमेरतमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा १७५ रन जोड्यो।

युएईका लागि ओपरन मोहमद वासीमले अर्धशतक प्रहार गरे। उनले ७० रन जोडे। ४८ बलमा ४ चौका र ४ छक्का हिर्काएका उनलाई अभिनास बोहराले १७औं ओभरमा आरिफ शेखबाट क्याच गराएका थिए।

नेपालविरूद्ध युएईले पहिलो ६ ओभरको पावरप्लेमा १ विकेटको क्षतिमा ५८ रन जोड्यो।

युएईका ओपनिङ ब्याट्सम्यान चिराग सुरीलाई जितेन्द्र मुखियाले ४ रनमा बोल्ड गरेका थिए। यद्यपी जितेन्द्रले चौथो ओभरमा उनले १८ रन खर्चिए। यो ओभरमा उनले दुई चौका र एक छक्का दिए।

यस्तै विकेटकिपर ब्याट्सम्यान बृत्य अरविन्दले ४६ रन जोडे। २३ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका उनलाई नेपालका कप्तान सन्दीप लामिछानेले बोल्ड गरेका थिए।

यस्तै जितेन्द्रले १८ ओभरमा बासिल हमिदलाई २ रन र जाफर फइदलाई ११ रनमा आउट गरेका थिए।

बलिङमा नेपालका जितेन्द्र मुखिया र अभिनास बोहराले ३–३ विकेट लिए। कप्तान सन्दीप लामिछानेले १ विकेट हात पारे।

यो खेलको विजेता आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।

 

सम्बन्धित खबरहरु