काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक अफर दिएका छन् ।

प्रधानमन्त्री खानले अहिले भारतले नाजीबाट प्रेरित जातिवादी विचारधारा अपनाएको बताएका छन् ।

रुसको न्यूज च्यानल आरटी (रसिया टुडे) सँगको कुराकानीमा इमरान खानले आफ्नो पहलका बाबजुद पनि भारतले सकारात्मक प्रतिक्रिया नदिएको आरोप लगाए ।

इमरान खानले भने, ‘जब मेरो पार्टी २०१८ मा सत्तामा आयो, मैले पहिलो काम भारततर्फ मित्रताको हात फैलाएँ । मैले उनी (मोदी) लाई भने कि हामी बीचको एक मात्र मुद्दा कश्मीर हो । बसेर कुरा गरौँ र समाधान खोजौँ ।

हामीले रोडम्याप बनाउनुपर्छ ।’ उनले अरु व्यक्तिभन्दा भारतलाई राम्रोसँग बुझेको बताए । किनभने यस उपमहाद्वीपमा क्रिकेट एक जोश हो ।

इमरानले भने, ‘मैले क्रिकेट टोलीको कप्तानी गरेको छु र करिब १० वर्ष भारतसँग क्रिकेट खेलेको छु । तर जब मैले भारततर्फ मित्रताको हात बढाएँ, तब मलाई थाहा भयो कि यो मैले चिनेको भारत यो होइन ।

किनभने भारत अहिले कट्टरपन्थी विचारधाराले ओगटेको छ । भारतमा नाजीहरूबाट प्रेरित जातिवादी विचारधाराको प्रभुत्व रहेको छ ।’

उनले आरएसएस विचारधाराका संस्थापकहरूले नाजीहरूको प्रशंसा गरेको पनि बताएका छन् ।

इमरान खानले आफू प्रधानमन्त्री नरेन्द्र मोदीसँग टिभीमा बहस गर्न चाहेको भन्दै अफर दिएका हुन् । आफूले मोदीसँग बहस गर्दा एक अर्बभन्दा बढी जनसंख्यालाई फाइदा पुग्ने उनको बुझाई रहेको छ ।

 

सम्बन्धित खबरहरु