चितवन । भनेजति पैसा, विदेशको सयर भनेपछि केटालाई के चाहियो १ मीना बुझाए ४५ लाख ।

पछि सत्यता सबै खुलेपछि मात्र थाहा भयो की अब लुट्यो । अनि पुग्यो प्रहरीकोमा उजुरी ।

वैदेशिक रोजगारमा विदेश पठाइदिन्छु भनेर सांढे ४५ लाखभन्दा बढी ठग्ने एक जना पक्राउ परेपछि यो कुरा बाहिर आएको छ ।

ठगीको आरोपमा एक महिला चितवनमा पक्राउ परेकी छन्। पक्राउ पर्नेमा खैरहनी नगरपालिका–७ सुर्तनाकी मीना चौधरी रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मीनाले वैदेशिक रोजगारमा राम्रो कमाइ हुन्छ र मेरो चिनजानका तथा आफन्तमार्फत भिसा मगाएर थोरै रकममा नै विदेश पठाइदिन्छु भनेर विश्वास दिलाइ प्रलोभनमा पारेर विभिन्न समयमा ३८ जनासँग ४५ लाख ७५ हजार रूपैयाँ ठगेकी थिइन्।

उनलाई सोमबार पक्राउ गरी चितवन जिल्ला अदालतबाट म्याद थपेर ठगी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ३८ जना युवा एउटी महिलालाई कसरी ठग्न सफल भइन् भनेर प्रहरीले बयान लिएको छ ।

प्रारम्भिक बयान अनुसार महिलाले पुरुषहरुलाई प्रलोभवनको पासो थापेकी थिइन् । भेटघाट बारम्बार गर्ने, बाहिरबाट फोन आएको भन्दै विभिन्न नेपालमा नै रहेका व्यक्तिसँग फोन गर्ने गर्थिन् ।

आफ्न धेरै आफन्त युरोप, अमेरिका र अष्ट्रेलियामा रहेको भन्दै युवाहरुलाई थोरै पैसामा धेरै पैसा कमाउने लोभ देखाउँथिन् । अब भिसा आइहाल्छ भन्दै केहीसँग त बारम्बार थप रकम समेत माग्थिन् । होटल, रेष्टुरेण्टमा भेट्न बोलाइरहन्थिन् ।

सम्बन्धित खबरहरु